prakriti Media Nepal

समाचार

महानताको माटोमा, कुरूप बन्दै गएको समाज: अब कारण खोज्ने समय आएको छ । सह–सयोजक अर्जुन शाही |

महानताको माटोमा, कुरूप बन्दै गएको समाज: अब कारण खोज्ने समय आएको छ । सह–सयोजक अर्जुन शाही | करुणाको अवतार गौतम बुद्धको जन्मभूमि, शिल्पकार अरनिकोको कलाभूमि, राजकुमारी भृकुटीको कूटनीतिक भूमि र एकीकरणकर्ता पृथ्वीनारायण शाहको दूरदृष्टिको भूमि । यही पावन माटोमा असंख्य जनविद्रोहका बलिदानीहरूले रगतका अक्षर लेखेर राष्ट्रलाई गौरवान्वित बनाए । तर, आज यो महानताको पहाडभित्र समाज विकृति, भ्रष्टाचार र नैतिक पतनको गहिरो खाडलमा डुब्दै छ । यो मात्र समस्या होइन, यो राष्ट्रिय संकट हो । भ्रष्टाचार, स्वार्थ, राजनीतिक खिचातानी, अन्याय र अनैतिकताले समाजलाई चारैतिरबाट घेरेको छ । महानताको छायाँ पनि मुस्किलले भेटिन्छ, जबकि इतिहासले यो माटोलाई विश्वलाई शान्ति, ज्ञान र त्यागको…
Read More

दुर्गा प्रसाईको जीवन र राजनीतिक यात्रा

1. जन्म र शुरुवात दुर्गा प्रसाई झापा जिल्लामा जन्मिएका हुन्। उनको पारिवारिक पृष्ठभूमि साधारण थियो — खेतीपाती परिवारबाट आउँछन्। उनी आठौँ कक्षा (Class 8) मा पढाइछोडेका थिए, आर्थिक समस्या का कारण। 2. व्यवसायिक यात्रा उनका व्यवसायिक शुरुवात पशु पालनबाट भएको थियो — बफरू (भैंसी) farming मा लगानी गरे पनि त्यो असफल भयो। उनले B & C Medical College र Hospital स्थापना गरेका छन्, जुन झापामा छ। उनी स्वास्थ्य क्षेत्रमा उद्यमी मात्र होइनन्; उनका राजनीतिक सम्बन्ध पनि बलियो छन्। 3. राजनीतिक यात्रा सुरुमा उनले नेपाली कांग्रेससँग सम्बन्ध राखेका थिए। त्यसपछि उनले माओवादी आन्दोलनमा प्रवेश गरे — उनी माओवादी युगमा भूमिगत रहे…
Read More

जेन्जीका माग पूरा भएनन् भन्दै सडकमा उत्रिएका किरण पक्राउ — ७ घण्टापछि रिहा |

काठमाडौँ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमाल आइतबार पक्राउ परेका छन्। सरकारले जेन्जी विद्रोहका मागहरू सम्बोधन नगरेको भन्दै उनले युवाहरूलाई फेरि सडकमा उत्रिन आह्वान गरेका थिए। माइतीघरबाट पक्राउ परेका उनलाई काठमाडौँ प्रहरी परिसर हुँदै सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो। सात घण्टापछि उनलाई रिहा गरिएको छ। किरणका अनुसार, भाद्र २३ र २४ गतेको जेन्जी विद्रोहमा उठेका विषयमा सरकार अघि नबढेपछि युवाहरूले फेरि सडक सङ्घर्ष आरम्भ गरेका हुन्। उनले भने, “हाम्रो आन्दोलनले उठाएका संविधान पुनर्लेखनदेखि सार्वजनिक संस्थाहरूको पुनर्संरचना जस्ता मूल मागहरू अझै सम्बोधन भएका छैनन्।” “जेन्जी विद्रोहका क्रममा ७६ जनाले ज्यान गुमाए, २३०० भन्दा बढी घाइते भए। ऐतिहासिक सम्पदादेखि निजी सम्पत्तिसम्म नष्ट भयो। यति ठूलो बलिदानपछि हामीले वास्तविक राजनीतिक परिवर्तनको अपेक्षा गरेका थियौं। तर पुरानै सत्ताको निरन्तरताले त्यस्ता मुद्दा अघि बढ्न सकेनन्,” किरणले भने। उनले हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै भने, “पुराना दलहरूले सुशीला कार्कीलाई चुनावी सरकारको नेतृत्व दिएपछि देश पुनः प्रतिगमनतर्फ गएको छ। त्यो हामीले बनाएको सरकार होइन। राज्यविहीनताको फाइदा उठाएर सुशीला कार्कीहरूले कु गरे।” किरणका अनुसार, आन्दोलनका माग पूरा नभएसम्म संघर्ष जारी रहनेछ। “संविधान पुनर्लेखन र सार्वजनिक संस्थाहरूको पुनर्संरचना नभएसम्म राजनीतिक स्थायित्व र सुशासन सम्भव छैन। यी मुद्दा जसरी पनि सम्बोधन हुनैपर्छ। बलिदानको सम्मान गर्दै अघि बढ्नु नै हाम्रो बाटो हो,” उनले जोड दिए। किरणसँगको संक्षिप्त कुराकानी तपाईँलाई किन पक्राउ गरिएको थियो?  सरकारले जेन्जी विद्रोहका मुद्दा सम्बोधन नगरेपछि हामीले सडक सङ्घर्षको आह्वान गरेका थियौं। त्यसै क्रममा पक्राउ गरियो। जेन्जीका मुद्दा किन सम्बोधन भएनन्? तपाईँकै बनाएको सरकार होइन?  होइन। ठूलो बलिदानपछि पनि पुराना सत्ताधारी संरचनाले नियन्त्रण कायम राखे। सुशीला कार्कीलाई पुरानै दलहरूले नेतृत्व दिएपछि परिवर्तनको आशा मेटियो। त्यो हाम्रो बनाएको सरकार होइन। अब के गर्नुहुन्छ?  हामी निरन्तर सङ्घर्ष गर्छौं। संविधान पुनर्लेखन र संस्थागत पुनर्संरचना नभएसम्म देशमा स्थायित्व र सुशासन आउँदैन। बलिदानको आत्मा आत्मसात गर्दै अघि बढ्छौं।
Read More

गीतकार पद्मा लिंखा मगरको “बाटो अलग अलग“ सार्वजनिक थानेश्वर गौतम को स्वरमा “बाटो अलग अलग“ सार्वजनिक

काठमाडौं,  — नेपाली संगीतको क्षेत्रमा एउटा नयाँ गजल “बाटो अलग अलग“ सार्वजनिक भएको छ, जसले सांगीतिक जगतमा नयाँ लहर ल्याएको छ । थानेश्वर गौतम को स्वर र संगीतमा रहेको यो गीत नेपाली संगीतको भव्यता र विविधतालाई सम्मानित गर्ने प्रयास गरिएको छ । गीतका रचनाकार पद्मा लिंखा मगर र थानेश्वर गौत्तमको संगीत तथा नारायण दंगालको  संगीत संयोजनले गीतलाई गहिरो भावनात्मक र संगीतात्मक दृष्टिले सजीव बनाएका छन्। गजलमा भुवन गन्धर्व लयको जिम्मेवारी ले निर्वाह गरेका छन्, जसको परिणाम स्वरूप संगीतको हर एक सुरमा समृद्धि र गहिराइ देखिन्छ। यस गजलमा गोपाल देव को बाँसुरी र मनिष गन्धर्व को सारंगीको प्रयोगले गीतको भावना अझै…
Read More

सरकारी निकायभित्रको दलिय हस्तक्षेप अन्त्य गर्न जेन–जी सरकारको कठोर चेतावनी

७ दिनभित्र सबै राजनीतिक संकेत, झन्डा, पोस्टर र तस्बिर हटाऊ — नभए जनकारबाही हुनेछ” काठमाडौं, असोज २५ — राज्य संयन्त्रभित्र वर्षौंदेखि जरा गाडेको राजनीतिक हस्तक्षेप, दलीय कब्जा र प्रशासनिक दुरुपयोग अन्त्य गर्न भन्दै जेन–जी सरकारले ऐतिहासिक अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत सरकारका तर्फबाट जारी गरिएको सूचनामा भनिएको छ — “सात दिनभित्र सम्पूर्ण सरकारी कार्यालय, निकाय, स्वायत्त संस्था र सार्वजनिक संस्थानमा रहेका राजनीतिक दलका तस्बिर, झन्डा, पोस्टर, संकेत र ट्रेड युनियनसँग सम्बन्धित प्रचार–सामग्रीहरू अनिवार्य रूपमा हटाउनुपर्नेछ।” सूचनामा भनिएको छ, “देशमा बिधिको शासन, सुशासन र निष्पक्ष प्रशासनिक सेवा प्रवाह सुनिश्चित गर्न यो कदम अत्यावश्यक बनिसकेको छ। राज्यका कार्यालयहरू जनताको सेवाका लागि…
Read More
गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै |

गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै |

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्य अब भने पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को संचालन मार्फत पनि दर्शक माझ आउने भएका छ । यसअघि पनि टेलिभिजनको सांगीतिक कार्यक्रम 'टिएमएस' का मार्फत धेरै इपिसोड कार्यक्रम संचालक भएका गायक बज्राचार्यको पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’ मगलबार बेलुका ८ बजे देखि एपिवान टेलिभिजनबाट प्रसारण हुने भएको छ । पर्दा पछाडी रहेर समाजमा योगदान हरेक क्षेत्रका ब्यतित्त्वहरु जो संग अहिले सम्म लुकेका कुराहरु दर्शक माझ ल्याउन ,आफ्नै समकालीन साथीहरुसंग बसेर आफ्नो शुभ चिन्तकहरु संग नजिक हुन ,ओझेलमा परेका स्रस्टाहरुको योगदानको कदर आफ्नै दर्शक माझ ल्याउन र लोप हुन लागेको…
Read More

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी र उपत्यकाका विभिन्न ट्राभल एजेन्सी मानव तस्कारीमा फेरी सक्रिय |

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी र काठमान्डौं उपत्यकाका विभिन्न ट्राभल एजेन्सी मानव तस्कारीमा फेरी सक्रिय हुन थालेका छन ।अहिले पनी त्रिभुवन अन्तराष्टिय विमान स्थालका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरु दैनिक भेटने गरेका छन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा ७ जेष्ठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख  तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर  विस्तृत छानबिन गरिरहे भएपनी अझै विकृति नरोकिएको हो । तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई केन्द्रमा राखेर अख्तियारले विस्तृत छानबिन गरिरहेको छ  । तर, यतिबेला पनि केही कर्मचारीहरूले बदमासी गर्न छाडेका छैनन्  । देशभित्रै एजेन्टहरूको नेटवर्क बलियो बनाएर सरकारी कर्मचारी नै त्यसमा प्रत्यक्ष संलग्न हुने…
Read More

शुरु भयो एभरेष्ट न्यूज एजेन्सी- समाचारको भरपर्दो सारथी |

 विभिन्न क्षेत्रहरूका समाचारको द्रुत र सही रिपोर्टिङ प्रदान गर्न समर्पित नेपाली समाचार एजेन्सी हो । ENA ले राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलाहरूको बारेमा व्यापक समाचार सेवाहरू प्रदान गर्दछ । यसले राजनीति, अर्थतन्त्र, स्वास्थ्य, खेलकुद र मनोरञ्जनलाई समेट्छ, जसले वर्तमान घटनाहरूको सन्तुलित समाचार प्रदान गर्दछ । तपाईहरु एभरेस्ट न्यूज एजेन्सीको ग्राहक बनेर समाचार प्रयोग गर्न सक्नुहुन्छ । ग्राहक बन्ने प्रक्रिया - वेबसाईटमा जानुहोस वा लिन्कमा क्लिक गर्नु होस् - "Create an Account" मा क्लिक गर्नु होस् । - संस्थाको विवरण भर्नुहोस् । - अब "Login" म जानु होस र  "Username " र "Password" राखी भित्र जानुहोस् । - अब "Dashboard" मा गएर…
Read More
लड्केश्वरमा एकै थलोमा पूर्वराजा र राष्ट्रपति : धार्मिक एकताको दुर्लभ दृश्य |

लड्केश्वरमा एकै थलोमा पूर्वराजा र राष्ट्रपति : धार्मिक एकताको दुर्लभ दृश्य |

पनौती, काभ्रे — विश्वकै एकमात्र कालाग्निरुद्र पीठ मानिएको लड्केश्वर धाममा सम्पन्न भएको पहिलो राष्ट्रिय कोटिहोमको सबैभन्दा ऐतिहासिक दृश्य थियो - पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह र राष्ट्रपति रामचन्द्र पौडेललाई एउटै पूजास्थलमा देख्न पाइनु । देशको इतिहासमा अपवादस्वरूप एकै मंचमा देखिएका यी राष्ट्रप्रमुखहरूको उपस्थिति केवल औपचारिकता थिएन, त्यो थियो धार्मिक संस्कारमा समर्पण र राष्ट्रिय भावनाको प्रतिबिम्ब । पूजामा उनीहरूको सहभागिताले सम्पूर्ण कार्यक्रमलाई विशिष्टता मात्र दिएन, लड्केश्वर धामलाई ‘राष्ट्रको साझा धर्म–पीठ’को रूपमा पनि चिनाउने काम गर्‍यो । पूर्वराजा शाह दम्पतीले निष्ठापूर्वक पूजाआजा गरे भने राष्ट्रपति पौडेलले सार्वजनिक मन्तव्यमा यस्तो आयोजनाले राष्ट्रको सांस्कृतिक एकता बलियो बनाउने विश्वास व्यक्त गरेका थिए । लड्केश्वर…
Read More
अभिषेक अधिकारी: प्रविधीको पृष्ठभूमिमा आधारित सफल जैविक किसान, ४०० लिटर दूध उत्पादन र ७% फ्याट दूधको तयारी |

अभिषेक अधिकारी: प्रविधीको पृष्ठभूमिमा आधारित सफल जैविक किसान, ४०० लिटर दूध उत्पादन र ७% फ्याट दूधको तयारी |

अभिषेक अधिकारी, मानेहरी, माकवानपुरका २५ वर्षीय युवा, हाल नेपालका उत्कृष्ट युवा कृषक मध्ये एकका रूपमा चिनिन्छन्। आफ्ना दाजु-भाइ र हजुरबुवाको पुरानो कृषिमा आधारित रहँदै, उनले आधुनिक प्रविधी र पारंपरिक ज्ञानको मेलजोल गरेर नयाँ कृषि व्यवसायको शुरुआत गरेका छन्। हाल, उनले ४०० लिटर दूध उत्पादन गर्ने फार्म चलाइरहेका छन् र त्यसमध्ये ७% फ्याट दूध उत्पादन गरेर उच्च गुणस्तरीय दूधको बजारमा उपस्थिति जनाएका छन्। अभिषेकको फार्ममा मुर्राह भैँसीहरूको प्रमुख योगदान छ। मुर्राह भैँसीहरू उच्च दूध उत्पादन क्षमता र फ्याटको लागि प्रसिद्ध छन्। यो दूध स्वस्थ र पोषिलो भएकाले ग्राहकहरू बीचमा लोकप्रिय छ। अभिषेकका भैँसीहरू स्वस्थ आहार र प्राकृतिक हेरचाह मार्फत उत्पादन गरिएका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search