prakriti Media Nepal

राजनीति

दुर्गा प्रसाईको जीवन र राजनीतिक यात्रा

1. जन्म र शुरुवात दुर्गा प्रसाई झापा जिल्लामा जन्मिएका हुन्। उनको पारिवारिक पृष्ठभूमि साधारण थियो — खेतीपाती परिवारबाट आउँछन्। उनी आठौँ कक्षा (Class 8) मा पढाइछोडेका थिए, आर्थिक समस्या का कारण। 2. व्यवसायिक यात्रा उनका व्यवसायिक शुरुवात पशु पालनबाट भएको थियो — बफरू (भैंसी) farming मा लगानी गरे पनि त्यो असफल भयो। उनले B & C Medical College र Hospital स्थापना गरेका छन्, जुन झापामा छ। उनी स्वास्थ्य क्षेत्रमा उद्यमी मात्र होइनन्; उनका राजनीतिक सम्बन्ध पनि बलियो छन्। 3. राजनीतिक यात्रा सुरुमा उनले नेपाली कांग्रेससँग सम्बन्ध राखेका थिए। त्यसपछि उनले माओवादी आन्दोलनमा प्रवेश गरे — उनी माओवादी युगमा भूमिगत रहे…
Read More

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने |

काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो। भेलाले स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गरेको छ। मुभमेन्टले भनेको छ, “कार्कीहरूले बलिदानको नाममा सत्ता कब्जा गरेका छन्। यो आन्दोलनका सहिदहरूप्रति गरिएको विश्वासघात हो।” भेलाका सहभागीहरूले कार्की नेतृत्वको सरकार सत्ता कु को उपज रहेको रहेको दाबी गर्दै त्यसले विद्रोहका उपलब्धिलाई मोलमोलाइ गर्न खोजेको आरोप लगाए। जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले भनेका छन्  “यो देशको नयाँ पुस्ताले केवल प्रतीकात्मक परिवर्तन होइन, संरचनात्मक रुपान्तरण खोजेको हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र सार्वजनिक संस्थाहरूको पुनरसंरचना बिना स्थायित्व र सुशासन सम्भव छैन।” भेलाले ती दुई प्रमुख मागहरू प्रत्यक्ष कार्यकारी प्रणाली र संस्थागत पुनरसंरचना पूर्ण नभएसम्म संघर्ष जारी राख्ने घोषणा गरेको छ। यसै सन्दर्भमा, मुभमेन्टले अबको आन्दोलनलाई शान्तिपूर्ण तर निर्णायक बनाउने प्रतिबद्धता जनाएको छ। भेलाले देशभरका युवाहरू, नागरिक समाज, र सचेत वर्गलाई पुनः एकताबद्ध हुन आह्वान गर्दै भनेको छ, “हाम्रो बलिदान इतिहासको प्रतीक होइन, भविष्यको दिशा हो। यो पुस्ताले सत्य र परिवर्तनका लागि अन्तिमसम्म संघर्ष गर्नेछ।” भेलामा जेन्जी आन्दोलनका अगुवा अजय सोडारीले नयाँ पुस्ताले गरेको विद्रोहका मुद्दाहरूलाई संस्थागत गर्नका लागि सबैजना मिलेर संघर्ष गर्नुपर्ने बताएका छन् । कार्यक्रममा आन्दोलनका आगामी चरण, जनसंपर्क विस्तार, र राष्ट्रिय समन्वय समिति गठनबारे पनि विस्तृत छलफल गरिएको बताइएको छ। मुभमेन्टले निकट भविष्यमै देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ। भेलाले काठमाडौँमा कार्तिक २३ मा जेन्जी सभा गर्ने समेत निर्णय गरेको छ।
Read More

अभियान्ता खगेन्द्र सुनुवार अहिले निकै आक्रोशित छन् |

सधैँ दलितको लागि आवाज उठाउने दलितमा समानता ल्याउनको लागि केही समय उहाँले नेल लगाएर माइतीघर मण्डलामा धर्ना गरेका थिए आज पनि दलितलाई तल्लो छेउ पारेरै बोलिन्छ दलित नेपालको नेपाली नै होइन भने जस्तो व्यवहार हुन्छ दलितलाई कहिले पनि अगाडि बढाउन चाहेनन् र त्यसैकारण हामी दलितलाई पनि समानता होस् भनेर अनसन बसेका खगेन्द्र सुनुवार मिडियामा लेखेकै भरमा मुद्दा लागेर काभ्रे जिल्लाको धुलिखेल काभ्रे अदालतले धरौटी ५० हजारमा छुटेका छन् खगेन्द्र सुनुवार छुट्टै लगत्तै पत्रकार सम्मेलन गरेर यदि मलाई लगाइएका सबै आरोपहरू सही सत्य हुन् भने म कारबाही भोग्न तयार छु। मलाई लगाएका झुठा आरोपहरू सही साबित भएमा मलाई प्रहरीले खोज्दै हिँड्नु…
Read More
पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर |

पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर |

इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  अहिले सबहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ ।तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेकाकारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस ,५ वर्षे कार्यकाल समेत सत्ता संचालन गर्नसकेनन ।यसर्थ लोकान्त्रिक पद्दति बलियो बनाउ दलहरु भित्रको बहु बिचारको सम्मान आवश्यक छ ।   'लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान…
Read More
श्रीलंकामा कटहरले धानिरहेको छ धेरैको प्राण

श्रीलंकामा कटहरले धानिरहेको छ धेरैको प्राण

महँगी तथा आर्थिक संकटसँग जुधिरेको श्रीलंकाका मानिसहरुका लागि कटहरको फल अहिले निकै ठूलो सहारा सावित भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका तीन बच्चाका पिता करुप्पइया कुमारका अनुसार कटहरले उनीजस्ता लाखौं मानिसहरुलाई भोकमरीले मर्नबाट जोगाइरहेको छ । उनी भन्छन्, ‘कटहरले हामीजस्ता लाखौं मानिसहरुलाई जिवितै राखेको छ । यसले हामीलाई भोकमरीबाट बँचाएको छ ।’ कुनै समय कामै नलाग्ने सम्झिएको र कसैले भाउ नै नदिने यो फल अहिले त्यहाँका मानिसहरुको प्राण धान्नका लागि ठूलो सहारा बनिरहेको छ । बजारमा अहिले एक केजी कटहर स्थानीय मुद्रामा २० रुपैयाँ पर्दछ । ४० वर्षीय करुप्पइया भन्छन्, ‘यो आर्थिक संकटभन्दा पहिले जसले पनि भात…
Read More
राष्ट्रसंघले भन्‍यो : सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव छ

राष्ट्रसंघले भन्‍यो : सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव छ

२९ असार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् । ‘एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकी यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,’ एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनएड्स)ले भनेको छ । युएनएड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भने, ‘हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौं, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।’…
Read More
सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
Read More
बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

  बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…
Read More
नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले आज (सोमबार) प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । ‘यो विधेयक जसरी पनि ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले थप प्रश्न गरे, ‘पहिलो अधिवेशनमा यो विधेयक किन दर्ता गर्नु भएन, किन गर्नुभएन त पहिलो अधिवेशनमा ।’ सरकारले विधेयक ल्याउने कुरामा सरकारले बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसद्मा नल्याएको’ भन्दै प्रश्न राखेका थिए । ‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search