prakriti Media Nepal

जेन्जीका माग पूरा भएनन् भन्दै सडकमा उत्रिएका किरण पक्राउ — ७ घण्टापछि रिहा |

Advertisement

काठमाडौँ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमाल आइतबार पक्राउ परेका छन्।
सरकारले जेन्जी विद्रोहका मागहरू सम्बोधन नगरेको भन्दै उनले युवाहरूलाई फेरि सडकमा उत्रिन आह्वान गरेका थिए। माइतीघरबाट पक्राउ परेका उनलाई काठमाडौँ प्रहरी परिसर हुँदै सिंहदरबार प्रहरी वृत्तमा राखिएको थियो। सात घण्टापछि उनलाई रिहा गरिएको छ।

किरणका अनुसार, भाद्र २३ र २४ गतेको जेन्जी विद्रोहमा उठेका विषयमा सरकार अघि नबढेपछि युवाहरूले फेरि सडक सङ्घर्ष आरम्भ गरेका हुन्। उनले भने, “हाम्रो आन्दोलनले उठाएका संविधान पुनर्लेखनदेखि सार्वजनिक संस्थाहरूको पुनर्संरचना जस्ता मूल मागहरू अझै सम्बोधन भएका छैनन्।”

“जेन्जी विद्रोहका क्रममा ७६ जनाले ज्यान गुमाए, २३०० भन्दा बढी घाइते भए। ऐतिहासिक सम्पदादेखि निजी सम्पत्तिसम्म नष्ट भयो। यति ठूलो बलिदानपछि हामीले वास्तविक राजनीतिक परिवर्तनको अपेक्षा गरेका थियौं। तर पुरानै सत्ताको निरन्तरताले त्यस्ता मुद्दा अघि बढ्न सकेनन्,” किरणले भने।

उनले हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै भने,

“पुराना दलहरूले सुशीला कार्कीलाई चुनावी सरकारको नेतृत्व दिएपछि देश पुनः प्रतिगमनतर्फ गएको छ। त्यो हामीले बनाएको सरकार होइन। राज्यविहीनताको फाइदा उठाएर सुशीला कार्कीहरूले कु गरे।”

किरणका अनुसार, आन्दोलनका माग पूरा नभएसम्म संघर्ष जारी रहनेछ।

“संविधान पुनर्लेखन र सार्वजनिक संस्थाहरूको पुनर्संरचना नभएसम्म राजनीतिक स्थायित्व र सुशासन सम्भव छैन। यी मुद्दा जसरी पनि सम्बोधन हुनैपर्छ। बलिदानको सम्मान गर्दै अघि बढ्नु नै हाम्रो बाटो हो,” उनले जोड दिए।

किरणसँगको संक्षिप्त कुराकानी

तपाईँलाई किन पक्राउ गरिएको थियो?

 सरकारले जेन्जी विद्रोहका मुद्दा सम्बोधन नगरेपछि हामीले सडक सङ्घर्षको आह्वान गरेका थियौं। त्यसै क्रममा पक्राउ गरियो।

जेन्जीका मुद्दा किन सम्बोधन भएनन्? तपाईँकै बनाएको सरकार होइन?
 होइन। ठूलो बलिदानपछि पनि पुराना सत्ताधारी संरचनाले नियन्त्रण कायम राखे। सुशीला कार्कीलाई पुरानै दलहरूले नेतृत्व दिएपछि परिवर्तनको आशा मेटियो। त्यो हाम्रो बनाएको सरकार होइन।

अब के गर्नुहुन्छ?
 हामी निरन्तर सङ्घर्ष गर्छौं। संविधान पुनर्लेखन र संस्थागत पुनर्संरचना नभएसम्म देशमा स्थायित्व र सुशासन आउँदैन। बलिदानको आत्मा आत्मसात गर्दै अघि बढ्छौं।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search