prakriti Media Nepal

Blog

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू, विद्यमान समस्या, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत रूपमा छलफल गरिएको थियो। साथै बीमा दाबी प्रक्रियामा देखिएका जटिलता र तिनका समाधानका उपायबारे सरोकारवालाहरूबीच विचार आदान–प्रदान भएको थियो। कार्यक्रम सञ्चालन सहायक निर्देशक सचिन राईले गर्नुभएको थियो। छलफलका क्रममा नेपाल बीमा प्राधिकरण, प्रदेश सरकार, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय तथा बीमा कम्पनीहरूबीच समन्वय थप सुदृढ गर्नुपर्ने…
Read More
बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

मोरङ — ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको महत्व, प्रकार, चुनौती, व्यवहारिक प्रयोग, नेपाली बीमा बजारको अवस्था तथा वित्तीय साक्षरताको आवश्यकता जस्ता विषयमा विस्तृत छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण कोशी प्रदेशकार्यालयका सहायक प्रथम मिलन पोख्रेल ले गरेका थिए । कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रीति देवले बीमाका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी दिँदै प्राधिकरणको भूमिका, कर्तव्य र अधिकारबारे विद्यार्थी तथा शिक्षकलाई सुसूचित गराउने उद्देश्य रहेको…
Read More
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ  महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौँमा चुनावी चहलपहल तीव्र बनेको छ। फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका छन्। संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन । यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन शनिबार जापानबाट काठमाडौँ आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताहरूले स्वागत गरेका थिए। शेरचनका साथै अन्य देशका कैयौँ प्रतिनिधिहरू पनि महाधिवेशनमा भाग लिन नेपाल आइसकेका छन्। विशेषगरी एनआरएनएको डेलिगेट्स चयन लगायतका प्राविधिक र कानुनी…
Read More
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन् । मार्च १४ देखि १६ सम्म काठमाडौँमा तय भएको महाधिवेशनको संघारमा एक विशेष अपिल जारी गर्दै शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया रोक्न निर्वाचन समितिलाई आग्रह गरेका हुन्। शेरचनले विशेष गरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला असहज घटनाक्रमलाई मुख्य कारणका रूपमा अघि सारेका छन् । संकटको यस घडीमा हजारौँ नेपालीहरूले आशा र भरोसाका साथ एनआरएनएतर्फ हेरिरहेको उल्लेख…
Read More
जेनजी आन्दोलनको म्यान्डेटमाथि कुठाराघातको आरोप, काठमाडौँ–१ बाट जुत्ता चिन्हसहित अर्जुन शाही चुनावी मैदानमा |

जेनजी आन्दोलनको म्यान्डेटमाथि कुठाराघातको आरोप, काठमाडौँ–१ बाट जुत्ता चिन्हसहित अर्जुन शाही चुनावी मैदानमा |

जेनजी आन्दोलनको म्यान्डेटमाथि कुठाराघातको आरोप, काठमाडौँ–१ बाट जुत्ता चिन्हसहित अर्जुन शाही चुनावी मैदानमा जेनजी आन्दोलनको म्यान्डेटमाथि कुठाराघात भएको आरोप काठमाडौँ–१ बाट जुत्ता चुनाव चिन्हसहित चुनावी मैदानमा उत्रिने औपचारिक घोषणा काठमाडौँ। जेनजी आन्दोलनका मुख्य योजनाकार तथा अन्तरिम सरकार गठनका लागि गठित वार्ता समितिका सह–संयोजकले जेनजी क्रान्तिको पवित्र भूमिका रूपमा चिनिने काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट जुत्ता चुनाव चिन्हसहित चुनाव लड्ने औपचारिक घोषणा गर्नुभएको छ। राज्यसत्ताले जेनजी आन्दोलनको म्यान्डेटलाई उदासीनताका साथ बेवास्ता गर्दै सहिदहरूप्रति छल, कपट र धोका गरेको ठहर गर्दै, “सपनालाई मारिन नदिन आफू चुनावी मैदानमा उत्रिन बाध्य भएको” उहाँले स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार, जेनजी आन्दोलनले अन्तिम क्षणसम्म पनि…
Read More
दुर्गा प्रसाईलाई प्रहरीले फेरि

दुर्गा प्रसाईलाई प्रहरीले फेरि

2. निर्वाचन कोड उल्लङ्घन आरोपमा पक्राउ अर्का समाचारअनुसार उनीलाई चाल्नाखेल, दक्षिणकाली (चाल्नाखेल–डक्सिनकाली) बाट पनि निर्वाचन सम्बन्धी नियम (Election Code) उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको उल्लेख गरिएको छ
Read More
बेल बहादुर परियार : संघर्ष, साधना र लोक संगीतप्रतिको अटुट समर्पण

बेल बहादुर परियार : संघर्ष, साधना र लोक संगीतप्रतिको अटुट समर्पण

बर्दिबास, माघ २० । लोक तथा दोहोरी संगीतको क्षेत्रमा बेल बहादुर परियार कुनै एक गीत वा एक सफलतामा सीमित नाम होइन । उनी तीन दशकभन्दा बढी समयदेखि लोकधुन, जनभावना र सामाजिक चेतनालाई गीतमार्फत प्रस्तुत गर्दै आएका एक प्रतिबद्ध सर्जक हुन् । पछिल्लो समय सार्वजनिक भएको दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ ले उनको निरन्तर सांगीतिक यात्रालाई फेरि एकपटक उजागर गरेको छ । परियारले २०५१ सालमा रेडियो नेपालबाट पहिलोपटक ‘जाग नेपाली वीर नेपाली’ गीत गाएसँगै औपचारिक रूपमा गायन यात्राको सुरुवात गरेका थिए । त्यसयता उनले लोक, जनवादी तथा सांस्कृतिक चेतनासँग जोडिएका थुप्रै गीतमार्फत आफ्नो पहिचान बनाउँदै आएका छन् । ‘सिन्धुलीका सुसेलीहरू’,…
Read More
पहिले संविधान संशोधन अनी मात्रै संसद पुनःस्थापनाका लागि सर्वदलीय राष्ट्रिय वार्ता सुरु गर्ने जेन–जि आन्दोलनको औपचारिक घोषणा

पहिले संविधान संशोधन अनी मात्रै संसद पुनःस्थापनाका लागि सर्वदलीय राष्ट्रिय वार्ता सुरु गर्ने जेन–जि आन्दोलनको औपचारिक घोषणा

संविधान संशोधन र संसद पुनःस्थापनाका लागि सर्वदलीय राष्ट्रिय वार्ता सुरु गर्ने जेन–जि आन्दोलनको औपचारिक घोषणा काठमाडौं। जेन–जि रिभोलुसन नेपालले संविधान संशोधन, संसद पुनःस्थापना तथा जेन–जि म्यान्डेटअनुसार जिम्मेवार सरकार गठनका लागि सर्वदलीय, सर्वपक्षीय राष्ट्रिय वार्ता प्रक्रिया सुरु गर्ने औपचारिक निर्णय सार्वजनिक गरेको छ। शान्तिपूर्ण, लोकतान्त्रिक र जिम्मेवार आन्दोलनमार्फत जनसमर्थन प्राप्त गरेको जेन–जि आन्दोलनले मुलुक गहिरो राजनीतिक अन्योलमा फसेको निष्कर्षसहित संविधानको मर्मअनुसार आवश्यक संवैधानिक सुधार, समावेशी र उत्तरदायी सरकार गठन तथा संसद पुनःस्थापनालाई राष्ट्रिय सहमतिमार्फत अघि बढाउने उद्देश्य स्पष्ट पारेको छ। यसै सन्दर्भमा जेन–जि आन्दोलनले सबै प्रमुख राजनीतिक दल, नागरिक समाज, संवैधानिक निकाय तथा सरोकारवाला पक्षहरूसँग औपचारिक, मर्यादित र निष्कर्षमुखी राष्ट्रिय संवाद…
Read More
ओली–बालेनको चर्चाबीच जेन–जीका रणनीतिकार अर्जुन शाही चुनावी मैदानमा

ओली–बालेनको चर्चाबीच जेन–जीका रणनीतिकार अर्जुन शाही चुनावी मैदानमा

झापा–५ मा पुस्तागत विद्रोहको उद्घोष: ओली–बालेनको चर्चाबीच जेन–जीका रणनीतिकार अर्जुन शाही चुनावी मैदानमा झापा । राष्ट्रिय राजनीतिमा सबैभन्दा बढी चासो तानिरहेको निर्वाचन क्षेत्र झापा–५ अब निर्णायक वैचारिक संघर्षको केन्द्र बन्ने भएको छ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र स्वतन्त्र शक्ति प्रतीक बालेन शाह यसै क्षेत्रबाट चुनाव लड्ने चर्चाले देशको ध्यान खिचिरहेकै बेला जेन–जी आन्दोलनका मुख्य योजनाकार अर्जुन शाहीले पनि झापा–५ बाट प्रतिनिधि सभा निर्वाचनमा होमिने घोषणा गरेपछि राजनीतिक समीकरणमा नयाँ कम्पन पैदा भएको छ। यो उम्मेदवारी केवल एउटा व्यक्तिको प्रवेश नभई—युवा चेतना, आन्दोलनको राजनीतिक रूपान्तरण र सहिदको बलिदानको न्यायको प्रश्नलाई प्रत्यक्ष रूपमा चुनावी मैदानमा उतारिएको कदमका रूपमा हेरिएको…
Read More
सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट

सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि नै आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ। मुभमेन्टका अनुसार सुशासन र कानुनी राज्य स्थापनाका लागि भएको जेन्जी विद्रोहका क्रममा ७६ जना नागरिकले जीवन बलिदान दिएका थिए भने ३,००० भन्दा बढी नागरिक अङ्गभङ्ग भएका थिए। ती ऐतिहासिक बलिदानमाथि अपराधी संरक्षण गरेर खेलवाड गर्नु गम्भीर आपत्तिजनक भएको जनाइएको छ। जेन्जी मुभमेन्टले विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र उहाँले नियुक्ति गरेका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानूनको सर्वोच्चता कमजोर पारेको आरोप लगाएको छ। यस्तो कार्य लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको मुभमेन्टको ठहर छ। भाद्र २४ गते रवि लामिछाने समूहले जेल भत्काई कैदी भगाएको र देशभरि अस्तव्यस्तता सिर्जना गरेको घटना सर्वविदित रहेको उल्लेख गर्दै, राज्यविहीनता सिर्जना गरी सत्ता हासिल गर्ने उद्देश्यले योजनाबद्ध अस्थिरता फैलाइएको दाबी पनि मुभमेन्टले गरेको छ। सहकारी ठगीका लाखौँ पीडित आज पनि न्यायको प्रतीक्षामा तड्पिरहेको, कतिपयले आत्महत्या गरिसकेको र धेरैजसो मानसिक तथा शारीरिक पीडामा रहेको जनाएको छ। जेन्जी मुभमेन्टले अपराधीलाई दिइने कुनै पनि उन्मुक्तिलाई जेन्जी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमानको रूपमा व्याख्या गरेको छ। “कानून सबैका लागि समान हुनुपर्छ, शक्तिशालीका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य छैन,” वक्तव्यमा भनिएको छ। यसैबीच, मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की तथा उहाँले नियुक्ति गरेका महान्यायाधिवक्तालाई सार्वजनिक रूपमा बहिष्कार र अवज्ञा गर्न आह्वान गरेको छ। साथै, अपराधी संरक्षणको संस्कृति तत्काल अन्त्य गर्न, महान्यायाधिवक्तालाई पदबाट हटाउन र सहकारी पीडितलाई निष्पक्ष न्याय सुनिश्चित गर्न सरकारसँग कडा माग गरेको छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search