prakriti Media Nepal

महानताको माटोमा, कुरूप बन्दै गएको समाज: अब कारण खोज्ने समय आएको छ । सह–सयोजक अर्जुन शाही |

Advertisement

महानताको माटोमा, कुरूप बन्दै गएको समाज: अब कारण खोज्ने समय आएको छ । सह–सयोजक अर्जुन शाही |

करुणाको अवतार गौतम बुद्धको जन्मभूमि, शिल्पकार अरनिकोको कलाभूमि, राजकुमारी भृकुटीको कूटनीतिक भूमि र एकीकरणकर्ता पृथ्वीनारायण शाहको दूरदृष्टिको भूमि । यही पावन माटोमा असंख्य जनविद्रोहका बलिदानीहरूले रगतका अक्षर लेखेर राष्ट्रलाई गौरवान्वित बनाए ।

तर, आज यो महानताको पहाडभित्र समाज विकृति, भ्रष्टाचार र नैतिक पतनको गहिरो खाडलमा डुब्दै छ । यो मात्र समस्या होइन, यो राष्ट्रिय संकट हो । भ्रष्टाचार, स्वार्थ, राजनीतिक खिचातानी, अन्याय र अनैतिकताले समाजलाई चारैतिरबाट घेरेको छ । महानताको छायाँ पनि मुस्किलले भेटिन्छ, जबकि इतिहासले यो माटोलाई विश्वलाई शान्ति, ज्ञान र त्यागको पाठ सिकाउने महामानवहरूको जन्मस्थल बनाएको छ ।

सोमबार राजधानीमा जेनजी रिभोलुसन नेपालका सह–सयोजक अर्जुन शाही ले दिएका विचारले यही पीडादायी यथार्थलाई नयाँ कोणबाट उजागर गरे । उनको तीखो प्रश्नले पूरै देशलाई आत्मचिन्तनतर्फ धकेलेको छ

“अदभूत महान मानिसहरू यही माटोमा जन्मिएका छन, तर समाज किन दिनहुँ कुरूप र दिशाहीन बन्दै छ ?”

शाहीको यो प्रश्नले नेपालको सामाजिक–राजनीतिक संरचनामाथि गहिरो बहस छेडेको छ । इतिहासमा महान व्यक्तित्वहरू जन्माउने यो देश किन आज नैतिक ह्रास र प्रणालीगत विफलताको शिकार बन्दै छ ? यसको जवाफ खोज्दै शाहीले समाजलाई जागरणको आह्वान गरेका छन् । रास्ट्रनिर्माणको महान अभियानमा युवाहरूको मझभुत सामाजिक अभियान ‘जेनजी रिभोलुसन नेपाल’ ले यही ज्वलन्त प्रश्नको जवाफ खोज्दै नयाँ बहसको सुरुवात गरेको छ ।

“व्यक्ति होइन, प्रणाली नै रोगी”

शाहीका अनुसार, नेपाली समाजको कुरूपता कुनै आकस्मिक दुर्घटना होइन । यो दशकौँदेखिको गलत संरचना, भ्रष्ट नेतृत्व र दबिएको नागरिक चेतनाको परिणाम हो ।

उनले स्पष्ट शब्दमा भने, “समस्या नेपाली जनतामा छैन । समस्या राज्यको प्रणालीमै छ—जसले सक्षम र सत्यनिष्ठ मानिसलाई माथि उठ्नै दिँदैन । यही देशले इतिहासभरि हजारौँ अद्भुत चरित्रहरू जन्मायो, तर राज्य संरचनाले तिनलाई ठाउँ दिँदैन, सम्मान दिँदैन र सक्षमहरूलाई दमन गर्छ ।”

इतिहासले महानताको उपदेश दिएको  यो देश आज राजनीतिक व्यापार, विभाजनकारी स्वार्थ र अनैतिक जीवनशैलीको घेरामा छ । यही पर्दाभित्रको विकृति प्रणालीगत भ्रष्टाचार समाजको वास्तविक कुरूपता हो । शाहीको गहन चिन्तनले ‘महान मानिसहरू’ का गुण र ‘कुरूप समाज’ बीचको खाडललाई उजागर गरेको छ ।

“हाम्रो लडाइँ व्यक्ति वा दलसँग होइन, भ्रष्टाचारसँग हो”

जेनजी आन्दोलनका योजनाकार शाहीले दृढताका साथ भनेका छन

“हामी कुनै नेता वा दलविरुद्ध होइनौँ  हामी भ्रष्टाचार, अन्याय र अपारदर्शी प्रणालीविरुद्ध छौँ “। जब शासन प्रणालीले जनताको आधारभूत आवश्यकता पूरा गर्न सक्दैन, त्यो समाज नशामा लागेजस्तै दिशाहीन बन्छ ।”

गत एक दशकमा आठ पटक सरकार फेरियो, तर जनताका समस्या ज्यूँका त्यूँ छन् । भ्रष्टाचारका ठूला काण्डहरू जस्तै सन् २०२४ को ललिता निवास जग्गा कब्जा, भिजिट भिसा घुसखोरी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १०५ मिलियन डलरको नितिगत अनियमितता यी सबैले सत्ता र प्रशासनबीचको गहिरो सिण्डिकेट उजागर गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलका सूचकहरूले  नेपाललाई लगातार बिस्वको उच्च भ्रष्टाचार जोखिममा राखेका छन्, जसले सामान्य नागरिकलाई आधारभूत सुविधाबाट वञ्चित बनाएको छ । नेपाली समाज किन कुरूप हुँदै गइरहेको छ ?

शाहीका पाँच यथार्थ

शाहीको गहन चिन्तनले समाजको कुरूपताको जरा खोतलेको छ । उनले यो विरोधाभासको कारणलाई पाँच मुख्य बुँदामा समेटेका छन्, जसले नेपालको वर्तमानलाई दर्पणझैँ प्रतिबिम्बित गर्छ :

१. भ्रष्ट नेतृत्व र शक्ति–केन्द्रहरूको निजी स्वार्थ

नेतृत्व जनताको सेवामा होइन, संसाधन लुट्ने र कुर्सीको व्यापारमा केन्द्रित भएको छ । सार्वजनिक पद व्यक्तिगत सम्पत्ति वृद्धिको माध्यम बनेको छ ।

२. युवा पलायन

राष्ट्रको मेरुदण्ड विदेश धकेलिँदै

प्रतिवर्ष हजारौँ क्षमतावान युवा देश छाड्छन् । आशा यहाँ मर्छन, सपना परदेशमा बिक्छन । राष्ट्रको भविष्य बनाउनुपर्ने पुस्ता श्रम बजारमा समाप्त हुन्छ । बेरोजगारी चरम बिन्दुमा छ, रेमिट्यान्स जीडीपीको एक चौथाइभन्दा बढी छ, र दुई मिलियनभन्दा बढी युवा प्रत्यक्ष  वैदेशिक रोजगारीमा छन् । विद्यार्थीहरूको पलायन सन् २०१४ देखि २०२४ सम्म चार गुणा बढेको छ ।

३. सामाजिक नैतिकताको ह्रास

अफवाह, हल्ला र गलत सूचनाको संस्कृतिले नैतिक चेतनालाई विषाक्त बनाएको छ । सोशल मिडियामा झुटा समाचार, घृणाको प्रवाह र विभाजनकारी विषयवस्तु छरपस्ट भएको छ ।

४. न्याय प्रणालीको पतन

अपराधीहरु स्वतन्त्र छन्, पीडितहरु विवश छन् । “चिनजानको मूल्य” हुने देशमा कानुनको शासन कागजमा मात्र सीमित छ । शाहीको प्रश्न मार्मिक छ—”चिनजानकै मूल्य हुने देश कहिल्यै महान रहन सक्छ ?”

५. शिक्षाको राजनीतिक दासत्व

विद्यालयदेखि विश्वविद्यालयसम्म राजनीतिक दलको नियन्त्रण छ । शिक्षा होइन, वफादारीको व्यापार भइरहेको छ । शैक्षिक संस्थाहरू ज्ञानको मन्दिर नभएर राजनीतिक कार्यकर्ता उत्पादनका कारखाना बनेका छन् ।

यी कारणहरूले महान व्यक्तित्वहरू जन्माउने यो देशमा प्रणालीगत सडाँधले नैतिक मूल्य हराउँदै गएको शाहीको ठम्याइ छ ।

“GenZ”—परिवर्तनको विस्फोटक शक्ति

शाही कै नेर्तित्वमा सन् २०२५ सेप्टेम्बरमा सुरु भएको ‘जेनजी रिभोलुसन’ अहिले इतिहासको निर्णायक क्षणको प्रतीक बनिसकेको छ । यस आन्दोलनले सत्ताको स्वरूप नै हल्लाइदियो । बिश्वबिद्धालय बाट सुरु भएको महान जनक्रान्तिको अभियानले सामाजिक सञ्जालहरू जस्तै  इन्स्टाग्राम, रेडिट, टिकटक र एक्समार्फत युवाहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाए । सरकारले जनताका आधारभुत कुराहरु पूरा गर्न नसक्दा , सरकार नितिगत रुपमा भ्रष्टाचारमा चुर्ल्लुम डुब्दा त्यस्का विरुद्ध आवाज उठाउदा सरकारले सामाजिक  सञ्जालहरू प्रतिबन्ध लगायो त्यस्ले थप आन्दोलन चर्कियो, शाहीका शब्दमा, “हामी सरकारमा को बस्छ भन्ने होइन, प्रणाली कत्तिको जवाफदेही र पारदर्शी हुन्छ भन्नेमा केन्द्रित छौँ । यो राजनीतिक परिवर्तन मात्र होइन, मौन पुस्ताको आत्मचेतनाको विस्फोट हो । हामी राष्ट्र पुनर्निर्माण गर्दै छौँ नयाँ सरकारसँग मिलेर।

जेनजी रिभोलुसनबाट जे भयो, त्यो इतिहासमा कहिल्यै भएको थिएन र दोहोरिन सक्दैन ।”त्यस्लाइ सस्थागत गर्न सबै लाग्नु पर्ने उहाको भनाइ छ ।

यो आन्दोलन सडकको आवाज मात्र होइन, यो नयाँ नेपालको घोषणापत्र हो । यसले नेपालको पहिलो महिला प्रधानमन्त्रीलाई सत्तामा ल्याएको छ, तर चुनौतीहरू धेरै छन् । जेनजी समितिले सरकारको दक्षता अनुगमन गर्ने र वाचडगको रूपमा काम गरिरहेको छ  ।

नयाँ राष्ट्रिय पुनर्जागरणतर्फको यात्रा

जेनजी रिभोलुसन नेपालले अगाडि सारेका प्रस्तावहरू स्पष्ट छन् ।

✦ पारदर्शी र जवाफदेही शासन प्रणाली-प्रत्येक निर्णय र खर्च सार्वजनिक हुनु पर्ने

✦ युवाका लागि देशमै अवसर पलायन रोक्न योग्यतामा आधारित रोजगारी हुनु पर्ने

✦ शिक्षा, रोजगारी र नेतृत्वमा आमूल सुधार—दलीय नियन्त्रणमुक्त शिक्षा हुनु पर्ने

✦ दल स्वार्थभन्दा माथि नागरिक हित राष्ट्रिय हित सर्वोपरि

✦ नैतिक पुनर्जागरण र सामाजिक सद्भाव सत्य र न्यायमा आधारित समाज

यी दिशाहरूले युवालाई देशमै अवसर सिर्जना गर्दै नैतिक पुनर्जागरणको बाटो देखाउने छन  । युवा पिँढीले मात्र यसलाई बदल्न सक्छ, तर यसका लागि नागरिक जागरण र सुशासन अनिवार्य छ ।

महानताको माटो पुनः महान बन्न सकिन्छ ।

अर्जुन शाहीको टिप्पणीले समाजको यथार्थ झल्काएको छ ।

“देशलाई परिवर्तन गर्न पहिले कुरूपताको मुटु कहाँ छ, त्यो पत्ता लगाउनुपर्छ । कारण भेटिएपछि समाधान कठिन छैन ।”

नेपालको इतिहासमा अनेक आन्दोलनहरू आए र गए, तर दिगो परिवर्तन कमै भयो । अब प्रश्न एउटै छ—के युवा पुस्ता आफ्नो देश पुनः महान बनाउन उठ्नेछन ?

यदि यो पुस्ता साँच्चै उठ्यो भने, सत्य, न्याय र सुशासनले नेपाललाई फेरि उज्यालो युगतर्फ डोर्याउनेछ । बुद्धको करुणा, अरनिकोको सृजनशीलता र पृथ्वीनारायण शाहको दृष्टि फेरि जाग्नेछ ।

परिवर्तनको समय आएको छ । प्रश्न अब उठ्ने हो कि नउठ्ने ?

“महानता माटोमा होइन, मानिसको कर्ममा हुन्छ । र कर्म तब उदात्त हुन्छ, जब प्रणाली न्यायपूर्ण हुन्छ ।”

 

On Tue, 18 Nov 2025, 08:59 Rabi Kiran Official, <rkiranofficial@gmail.com> wrote:

जेन्जी मुभमेन्ट नेपालले भन्यो सुशीला कार्की र ओम प्रकाशको गिरोहलाई सेनाले नियन्त्रणमा लिनुपर्छ

 

काठमाडौँ – जेन्जी मुभमेन्ट नेपालले दुर्गा प्रसाईको गिरफ्तारीलाई “राजनीतिक दमन” र “विद्रोह अपहरण गर्ने शक्ति–गिरोहको सुरक्षा”सँग जोड्दै कडा आलोचना गरेको छ। संगठनले एक विज्ञप्तिमार्फत सुशीला कार्की र ओमप्रकाश अर्याल नेतृत्वको समूहले जेन्जी विद्रोहलाई कब्जा गर्ने प्रयास गर्दै देशलाई अस्थिरतामर्फ धकेल्न भूमिका खेलेको दाबी गरेको छ।

 

वक्तव्यअनुसार, भाद्र २४ का घटनामा हस्तक्षेप गर्दै उक्त समूहले राजनीतिक परिस्थिति भड्काउन महत्वपूर्ण भूमिका खेलेको आरोप मुभमेन्टले लगाएको छ। “यिनै गतिविधि र षड्यन्त्रको तथ्य बाहिर ल्याउने व्यक्तिमाथि नियन्त्रण थोपर्न खोज्नु दमनकारी मानसिकताको परिचायक हो,” वक्तव्यमा उल्लेख छ।

 

जेन्जी विद्रोहलाई योजनाबद्ध रूपमा अपहरण गरेर सत्ता व्यवस्थालाई टिकाइ राख्न खोजिएको र यही विषय सार्वजनिक गर्ने क्रममा प्रसाई लक्षित बनाइएकाे मुभमेन्टको भनाइ छ। विज्ञप्तिमा नेपाली सेनाले भाद्र २४ गते युवाहरूलाई उद्दलित बनाएर राज्यविहीनता सिर्जना गर्दै सत्ता कु गर्ने सुशीला कार्की र ओम प्रकाश अर्यालको गिरोहलाई नियन्त्रणमा लिनुपर्ने माग गरेको छ।

 

दुर्गा प्रसाईको तत्काल रिहाइ को माग गर्दै जेन्जी मुभमेन्टले आगामी दिनहरूमा सडकमा प्रतिरोध कार्यक्रम तीव्र हुन सक्ने चेतावनीसमेत दिएको छ। संगठनले परिवर्तनका पक्षधर सबैलाई “सजग र तयार” रहन आह्वान गरेको छ। वक्तव्यमा अन्त्यमा प्रवक्ता विजय शाहले हस्ताक्षर गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिय...
बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

मोरङ — ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीम...
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ  महाधिवेशनको मिति नजिकिएसँगै संघीय र...
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष ए...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search