१९ पुष २०८२ १५:५४
१९ पुष २०८२ १५:५४
जेन–जीका प्रतिबद्धता पूरा नगरेको आरोप, जवाफदेही खोज्दा झुट्टा मुद्दा लगाएर मुख बन्द गर्न खोजिएको दाबी काठमाडौं — अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक तथा जेन–जी क्रान्तिका प्रमुख अगुवा अर्जुन शाहीले भ्रष्ट र असफल सरकारलाई अपदस्त गर्दै जेन–जीको नेतृत्वमा नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पारेका छन्। शाहीका अनुसार वर्तमान सरकारले जेन–जी आन्दोलनसँग गरिएका प्रतिबद्धता र बाचाहरू पूरा गर्न नसकेको मात्र होइन, सरकारलाई जवाफदेही बनाउन खोज्दा राज्यसत्ताको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा लगाएर आवाज दबाउने प्रयास गरिरहेको छ। उनले भने, “जेन–जीले देशमा सुशासन, पारदर्शिता र युवाको नेतृत्व स्थापित गर्ने स्पष्ट एजेन्डासहित आन्दोलन गरेको हो। तर प्रतिगामी सोच बोकेको सरकारले ती…