प्राधिकरणले बक्यौता रकम मध्ये मंसिर मसान्त सम्ममा ग्राहकबाट १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दीमार्फत असुल गरेको जनाएको छ ।साथै प्राधिकरणले बाँकी बक्यौता रहेका उपभोक्ताको लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहेको र समयमै आफुले बुझाउनुपर्ने विद्युत महशुल प्राधिकरणलाई बुझाउन आग्रह गरेको छ । वितरण केन्द्र प्रमुख राम उदगार शाहले समयमै विद्युत महसुल बुझाउन उपभोक्तालाई अनुरोध बारम्वार गरिएको तर अटेर गरेर विद्युत महशुल नबुझाउने ग्राहकको पहिचान गरि लाइन काट्ने कार्यलाई तिव्रता दिएको जानकारी दिनुभयो ।