prakriti Media Nepal

तनमुनामा १४ औं खुद्दी पूजा पूर्वसन्ध्या कार्यक्रम सम्पन्न |

Advertisement
सुनसरी, दुहवी चैत्र ३० – दुहवी नगरपालिका वडा नं. ११ स्थित तनमुना कर्मुदास टोलमा १४ औं खुद्दी पूजा पूर्वसन्ध्याको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । सरना समाज सेवा समितिको आयोजनामा भएको उक्त कार्यक्रम समितिका अध्यक्ष ब्रह्मदेव उराँवको अध्यक्षतामा सम्पन्न भएकोे थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. ११ का वडा अध्यक्ष खड्ग नारायण उराँवको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले १४ औं  खुद्दी पूजाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे चर्चा गरेका थिए। कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्ग नारायण उराँवले   यस्ता परम्परागत पर्वहरूले समुदायबीच एकता, आपसी सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्ने बताएका छन्।

आफ्नो मौलिक संस्कृति संरक्षण र पुस्तान्तरणका लागि यस्ता कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए । उनले आदिवासी जनजाति समुदायको उराँव (ओराँव) समुदायले मनाउने एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व को रुपमा रहेको यस पूजालाई प्रकृति, पूर्वज र कुलदेवताप्रति श्रद्धा व्यक्त गर्ने अवसरका रूपमा लिने गरिएको खड्ग नारायण उराँवले बताए ।

सरना समाज सेवा समितिका अध्यक्ष बह्मदेव उरावँका अनुसार समुदायबीच एकता कायम गर्नु, प्राकृतिक स्रोतप्रति सम्मान प्रकट गर्नु र आफ्नो सांस्कृतिक पहिचान जोगाउनु हो। साथै, नयाँ पुस्तालाई परम्परा र संस्कारबारे जानकारी गराउने माध्यमका रूपमा पनि खुद्दी पूजालाई लिने गरिएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search