BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |
काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरिएको हो।
नयाँ निर्णय अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रति लिटर १२ रुपैयाँ ले मूल्य घटाइएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु र आपूर्ति व्यवस्थापनलाई मध्यनजर गर्दै उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको जनाएको छ।
🔻 नयाँ मूल्य (संक्षेपमा):
पेट्रोल 👉 २ रुपैयाँले घट्यो
डिजेल/मट्टितेल 👉 १२ रुपैयाँले घट्यो
नयाँ मूल्य आजैदेखि देशभर लागू भएको निगमले जनाएको छ। मूल्य घटेसँगै सर्वसाधारणलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।