९ बैशाख २०८२ २१:२२
९ बैशाख २०८२ २१:२२
मिसन रेड अभियान अन्तर्गत मेरो पहिलो रक्तदान कार्यक्रममा १७ जनाले पहिलो पटक रक्तदान गरेका छन् । शुक्रबार बिहान भरतपुर अस्पताल परिसरमा भएको कार्यक्रममा १७ जनाले पहिलो पटक रगतदानको अनुभव लिएका हुन्। मिसन रेड अभियानको आयोजना र जनस्वास्थ्य कार्यालय चितवनको सह आयोजनामा मेरो पहिलो रक्तदान कार्यक्रम गरिएको हो। भरतपुर अस्पतालको प्राविधिक सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । अहिलेसम्म रक्तदान नगरेका युवाहरुलाई रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले अस्पताल परिसरमा कार्यक्रम गरिएको मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले बताए । उनका अनुसार ४४ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको…