prakriti Media Nepal

हेटौंडा ?

Advertisement

हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले स्नातक तह अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच उद्यम तथा व्यवसायको प्रवर्द्धन गर्ने कम्पनीको रुपमा सञ्चालित द एड मेकर्सलाई १० लाख रुपैयाँ बीउ पुँजीमध्ये दोस्रो किस्ताबापत ४ लाख रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको हो ।

म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले द एड मेकर्सका सञ्चालक वाणिज्य संकायमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थी सक्षम ज्ञवालीलाई ४ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । यसअघि पनि ज्ञवालीलाई म्यानेजमेन्टले बीउ पुँजी हस्तान्तरण गरेको थियो । एक वर्षअघि एक लाख ५० हजार रुपैयाँ बीउ पुँजी हस्तान्तरण गरेको म्यानेजमेन्टले २ महिनापछि थप ४ लाख ५० हजार रुपैया हस्तान्तरण गर्नेछ ।

विश्वविद्यालय अनुदान आयोग (युजीसी) मार्फत प्राप्त बीउ पुँजी विद्यार्थीलाई हस्तान्तरण गरिएको प्रिन्सीपल पुरनबहादुर जोशीले बताए । विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा प्रेरित गर्न म्यानेजमेन्टले ‘ओपन इनोभेसन हव’ नै स्थापना गरेर सञ्चालन गरिरहेको छ । पहिलो किस्ता बापतको एक लाख ५० हजार रुपैयाँ ज्ञवालीले फिर्ता गरिसकेका छन् ।

उद्यम तथा व्यवसायको विज्ञापन निर्माण गर्ने द एड मेकरले १ सयभन्दा बढी सेवाग्राहीलाई सेवा गरिसकेको र अहिले पनि २० वटा नियमित सेवाग्राही रहेको ज्ञवालीले बताए । हालसम्म १२ लाख ७६ हजार रुपैयाँ लगानी भइसकेको कम्पनीका लागि प्राप्त बीउ पुँजीले व्यवसाय विस्तार गर्न र कम्पनीको कार्यालय व्यवस्थापनमा पनि सहयोग पुग्ने ज्ञवालीको भनाइ छ ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्टको रणनीति तथा नवप्रवर्तन विभागका प्रमुख दिपेश खनालले सक्षम जस्तै अरु पनि विद्यार्थीहरु व्यवसाय, उद्यममा क्रियाशील रहेको जानकारी दिए । म्यानेजमेन्टका प्रिन्सीपल जोशीले महत्वाकांक्षी परियोजनाको रुपमा विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा जोडी बीउ पुँजी दिने काम गरिएको बताए ।

‘विश्वविद्यालय अनुदान आयोगले निजी शैक्षिक संस्थामार्फत बीउ पुँजी दिने व्यवस्था नहुँदा पनि आफूहरुले माग गरेर विद्यार्थीलाई वितरणको व्यवस्था मिलाएको हो,’ उनले भने । विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीलाई बीउ पुँजी वितरण गर्न म्यानेजमेन्टलाई पहिलो किस्ताबापत १७ लाख १० हजार रुपैयाँ दिएको छ |

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search