Skip to main content

prakriti Media Nepal

रुद्रसेन विश्वकर्माको ‘होली सररर’ गीतमा आर्यन र बिनाको अभिनय |

Advertisement

बर्दिवास (महोत्तरी)
गायक रुद्रसेन विश्वकर्माले महान पर्व होलीको अवसर पारेर आफ्नो नयाँ गीत ‘होली सररर’ यही फागुन २२ गते सार्वजनिक गरेका छन् । रुद्रसेन क्रिएशनको प्रस्तुति रहेको उक्त गीत विश्वकर्माको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

गायक रुद्रसेनले ‘दियो भए’, ‘राम कसम’, ‘हाम्रो प्यारो नेपाल’, ‘हामी सबै नेपाली’, ‘दोषी को ?’, ‘हाँसेर बोलन मायालु’, ‘दिल दुखायौ तिमीले मेरो’, ‘आयो है तिहार’, ‘लभ करे दे’, ‘आबन बैठ भट्भटिया पs’, ‘कानो मे आहा के झुम्का’, ‘कत्त स एल्ही गोरी’, ‘दे दन प्यार गोरी’ जस्ता दर्जनौं नेपाली, मैथिली र भोजपुरी गीतमा आफ्नो स्वर भरिसकेका छन् ।

पछिल्लो होली गीत भने रुद्रसेनले चर्चित गायिका समीक्षा अधिकारीसँगको आवाजमा तयार पारेका हुन् । उक्त गीतमा संगीत तथा शब्द पनि रुद्रसेनकै रहेको छ । गीतलाई योगेश काजीले एरेञ्ज गरेका छन् भने गीतको निर्माताको रुपमा नीर कुमारी विश्वकर्मा (सविना) रहेकी छिन् ।

गीतको भिडियोमा चर्चित कलाकारहरू आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्मा लगायतको आकर्षक अभिनय रहेको छ । भिडियोको छायांकन ओम प्रसाईले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईंले गरेका छन् । गीतमा नृत्य निर्देशनको पाटो भने प्रदीप कुमार रसाइलीले सम्हालेका छन् ।

गीतको रेकर्डिङ तथा मिक्स-मास्टरीङ मनोज परियारले गरेका हुनभने गीतको रेकर्ड आफ्नो मन स्टुडियोमा गरिएको हो ।

होली पर्वलाई लक्षित गर्दै तयार पारिएको यो गीतले नेपाली दर्शक तथा श्रोतामाझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ । ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै गायक रुद्रसेन भन्छन्, “नायक आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत अनि आर्यन र बिनाजीको जोडीको बबाल डान्स त्यस्तै तराईको सबैलाई मनपर्ने महान पर्व होलीसम्बन्धी गीत भएकोले मलाई थाहा छ गीतले सम्पूर्ण नेपालीहरूको मन जित्नेछ ।” त्यस्तै यस पटकको होली आफ्नो नयाँ गीत ‘होली सररर’ मा नाच्दै झुम्दै मनाउन गायकले आग्रह पनि गरेका छन् ।

उक्त गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतले छोटो समयमै दर्शक तथा श्रोताहरूको राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । गीत युट्युब लगायत स्पोटिफाइ, एप्पल म्युजिक लगायतका डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध छ ।

उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला । https://youtu.be/BLb29WdRlb4?si=AgxSh–o_KdcYA-U

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search