Skip to main content

prakriti Media Nepal

स्वागत नेपाल रिहाइ भएपछी यस्तो अधिब्यग्ती राख्दै फेस्बुक पोस्ट बाट |

Advertisement
मैले दिएका अभिव्यक्तिहरु प्रवक्ताको हैसियतमा आन्दोलनका बारेमा आन्दोलनको कार्यक्रम सकिएपछि दिएका सूचना मात्र भएकोले मुद्दा चलाउनु पर्ने आधार कारण तथा तथ्य प्रमाण नभएको निष्कर्श सहित प्रहरीले निष्पक्ष अनुसन्धानका आधारमा मलाई निःशर्त रिहा गरेको छ । हिरासतभित्रबाट मेरो आजै पिएचडीको थेसिस प्रपोजल डिफेन्ड गर्ने तालिकामा व्यवधान भएकोमा पनि प्रहरीले सहजीकरण गर्ने प्रयास गरे पनि सम्भव भएन।
मविरुद्ध केही गलत प्रचार पनि भएका रहेछन् । त्यस्तो प्रचार वकीलहरुले नै पनि गरेका रहेछन् । राति ९ बजेसम्म स्वागत नेपाल किन ल फर्ममा बसिरहेको थियो भनेर । मेरा नजिकका सिनियर सबैलाई थाहा छ, बर्तमान पुस्तामा सबैभन्दा बढी ल फर्ममा बसेर रातरातभर काम गर्ने वकीलको नाम हो स्वागत नेपाल ।
हरेक दिन कम्तीमा ५ वटा मुद्दामा बहस गर्छु । दुःखी गरिबका मुद्दाहरु समाजसेवा, राष्ट्रहित र सार्वजनिक सरोकारका मुद्दाहरु बढी छन् । त्यो बाहेक २० वर्षभन्दा बढी प्राध्यापन र पत्रकारिता पनि गरेँ । म एसएलसीपछि दैनिक ४/५ घण्टाभन्दा बढी निदाएको छैन। इन्सोमनिया होइन, बानी परेको हो । म ८० प्रतिशत रात त अफिसमै सुत्छु । कहिलेकाहीँ त परिवारै पनि अफिसमा सुत्छौं। सुत्ने व्यवस्था पनि अफिसमै गरेको छु । करिब १० वर्षभयो अफिसमा सुत्ने गरेको । दिनभर समाजसेवाका काममा पनि उत्तिकै व्यस्त हुन्छु । साहित्यिक रचनाकर्ममा पनि उत्तिकै छु। नियमित पुस्तकहरु प्रकाशित भइरहन्छन् । त्यसका लागि पनि राती पढ्ने लेख्ने बढी गर्छु । मलाई विहान ६ बजे पनि ल फर्ममा नै भेट्नुहुन्छ सेवाग्राहीहरुले ।
तर केही वकीलहरु मुद्दा हारेको छ भने सेवाग्राहीसँग रुँदैरुँदै रक्सी खाइरहेका साँझै नपरीमा भट्टीमा भेटिन्छन् । जितेका रहेछन् भने रमाउँदै होहोल्ला गर्दै पिइरहेका भेटिन्छन्अ, दालत समय सकिने बित्तिकै । तर मेरो फर्ममा भेटने समय नै साँझ ६ बजेपछि मात्रै हुन्छ । पत्रकार साथीहरु आएर १/२ घण्टा बसेपछि मात्र राती नै अन्तरवार्ता गर्नुहुन्छ धेरैले । मेरो बारेमा पत्रकार साथीहरुलाई सोध्नु भए हुन्छ । हरेक साँझ ६ बजेपछि कम्तीमा दैनिक १५/२० जना भेट्न कुरेर बसिरहनु भएको हुन्छ सेवाग्राहीहरु । सेवाग्राहीसँग भेटेर मात्र पत्रकारहरुसँग भेट्छु । भरसक कसैलाई ५ मिनेट पनि नभेटी फर्काउँदिनँ। सबैलाई पठाइसकेपछि मेरो लेखपढ् शुरु गर्छु । नजिकैको पसलबाट ढ्रिडो मगाएर खान्छु प्राय ।
म पक्राउ परेको राति मसँगै सेवा लिन आउनु भएका समाजसेवी डा. अमित देव र प्रसिद्ध खेलाडी सेफर्ड लिम्बू सहित मलाई पनि मुद्दा लेख्दै गरेको अवस्थामा मेरो ल फर्मबाटै पक्राउ गरिएको थियो । त्यो दिन म मेरी श्रीमति अधिवक्ता रादिका चम्लागाईं (लोचना शर्मा) लाई चाउचाउ पकाउन लगाएर खाने पनि तयारीमा थिएँ ।
तर बार एसोसिएसनका उम्मेदवार नै बनेकाहरुले पनि ९ बजेसम्म किन ल फर्ममा बस्नु परेको हो ? कारण के थियो भनेर प्रश्न गरेर सामाजिक सञ्जालमा लेखेछन् । उहाँहरुले नदेखेको मेरो निर्दोषिता प्रहरीको अनुसन्धानले देख्यो । बार एसोसिएसनले पार्टीमा आबद्ध वकीलको संगठनको सदस्य भएको भए तत्काल बोल्ने थियो किनकि त्यो पार्टीको मात्र भएको छ । अनि एक व्यवसायिक वकीललाई राती ९ बजेसम्म किन ल फर्ममा बसेको पार्टीका नेताका दैलामा वा न्यायाधीसका ढोकामा जानु पर्ने नि भनेर भन्छन मलाई ।
म अहिले एकै पटक भगवान बुद्धले बोल्नु भएको भाषा ब्राम्ही लिपिको पाली भाषाको कक्षा ४ सकेर ५ को विद्यार्थी, पिएचडीको शोधार्थी र पहिला गरेका भन्दा थप अर्को विषयमा मास्टर्सको समेत विद्यार्थी हुँ । हरेक वर्ष एउटा न एउटा नयाँ विषय अध्ययन गर्छु, विद्यार्थी हुँदा स्कुल कलेजमा पढेका भन्दा एउटै किताब किनेर नपढ्ने कोटीमा पर्दिनँ । त्यसैले रातभर ल फर्ममा बसेर लेख्ने पढ्ने काम गर्छु । मेरो अधिकांश स्ट्ट्यास राती १२ बजेतिर पढ्नु भएकै होला । यस बारे यत्ति नै भन्न मन लाग्यो ।
तर पनि जतिले मेरो लगायत सबै साथीहरुको निःशर्त रिहाइका लागि आवाज उठाउनु हुने राष्ट्रिय अन्तराष्ट्रिय, संघसंस्था, सञ्चारकर्मी, अधिकारकर्मी एवम् व्यक्ति तथा समूह, परिवारजन समेतमा हार्दिक आभार व्यक्त गर्दछु । अझै पनि बाँकी साथीहरुका सवालमा निष्पक्ष अनुसन्धान सहित यथाशीघ्र रिहाइका लागि माग गर्दछु ।
हाम्रो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो, आन्दोलनमा घुसपैठ भएको थियो, यसपूर्व नै विज्ञप्तिमार्फत प्रष्ट भइसकेको छ । घुसपैठियाहरु र आन्दोलन भड्काउने प्रधानमन्त्रीका अभिव्यक्तिहरुका सन्दर्भमा पनि अनुसन्धान र कारवाहीको माग गर्दछु ।
मैले रिहाइ हुँदै गर्दा प्रहरी अधिकारीहरुसँग प्रधानमन्त्रीले उहाँका पार्टीका कार्यकर्तालाई आन्दोलनकारी विरुद्ध बाघले सुधो गाई माथि झम्टिएर झै झम्टिएर आक्रमण गर्नु भनी सार्वजनिक कार्यक्रममा निर्देशन दिएर हिंसा भड्काएकोमा पनि कारवाहीको दायरामा ल्याउन प्रष्ट शब्दमा भनेको छु । सीमित स्रोत साधनका वावजुद नेपाल प्रहरीले अपराध अनुसन्धानमा विश्वका अन्य प्रहरीहरुको तुलनामा देखाएको क्षमता यहाँ प्रयोग गर्न भनेको छु । त्यसलाई पनि उहाँहरुले सकारात्मक रुपमा नै लिनु नै हुनेछ ।
हामी आन्दोलनको क्रममा घुसपैठिया र सरकारी पक्षबाट भएको क्षतिका लागि समेत आफ्नो पक्षबाट भएजति क्षतिका लागि पनि क्षमा माग्न चाहन्छौं । शान्तिपूर्ण आन्दोलन जारी नै रहने छ ।
डा. जगमान गुरुंगजस्तो नेपाल ऋषि आन्दोलनको संयोजक तथा बौद्धिक प्राज्ञिक कमाण्डर हुनु भएको बाहिर निस्किएपछि थाहा पाएको छु । देश विदेशबाट वौद्धिक प्राज्ञिक नैतिक भौतिक साथ समर्थन र सहयोग प्राप्त हुने नै छ । हामी डा. गुरुंगको नेतृत्वमा अब आन्दोलनमा उच्छृंखल गतिविधिलाई पूर्ण रुपमा निषेध गर्नेछौं तर सरकारबाट हुने दमनको प्रकृतिका आधारमा प्रतिरोधका कार्यक्रम तय गर्ने छौं । संयोजक नवराज सुवेदी ज्युको हाउस एरेष्ट तत्काल अन्त्य गरियोस् भन्ने माग गर्दछौं । आन्दोलन सरकारले तोकेको स्थानमा कार्यक्रम शुरु गर्न लाग्दा राष्ट्र गान बजाउँदा बजाउँदै मञ्चमा अश्रुग्यास-गोली प्रहार गर्दै राष्ट्र गानको समेत अवज्ञा गर्ने सरकारको रवैयाको ठाउँका ठाउँ राष्ट्रगानलाई रोक्ने प्रयास गरिएमा भने इतिहासमा सधैँ नेपालको वास्तविक राष्ट्रगानको झंकार सम्झिरहने गरी जवाफ दिनेछौं । शान्तिपुर्ण जनविद्रोहका लागि देशैभरिबाट अहिलेको शोकलाई शक्तिको रुपमा सञ्चयका साथ देशभक्तिपूर्ण आन्दोलनमा बदल्दै वौद्धिक र सभ्य संग्रामका लागि पुनः एकताबद्ध हुन पनि सबैमा अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search