prakriti Media Nepal

कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत-१ मा भिड्दै

Advertisement

सुर्खेत –  सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमाल चुनावी मैदानमा आमनेसामने उत्रिदै छन्।

देशकै ठूलो दल नेपाली कांग्रेसका शीर्ष नेतादेखि ‘जेनजी आन्दोलन’मार्फत राष्ट्रिय पहिचान स्थापित गर्न सफल रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत–१ को निर्वाचनलाई विशेष चासोको विषय बनाएको छ।

बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि कांग्रेस र एमालेले वर्चस्व जमाउँदै आएको यो निर्वाचन क्षेत्रमा २०६४ सालको निर्वाचनमा समेत माओवादीले जित हात पार्न सकेन। यही ऐतिहासिक पृष्ठभूमिमा यसपटक राप्रपाका उम्मेदवार हमालले पुराना र स्थापित नेताहरूलाई कडा चुनौती दिने तयारी गरेका छन् ।

पटक–पटक निर्वाचित हुँदै आएका पूर्णबहादुर खड्काप्रति सुशासन र विकासका सवालमा अपेक्षित परिणाम नआएको भन्दै मतदातामा असन्तोष देखिन्छ। त्यस्तै, एमालेका उम्मेदवार धुर्वबहादुर शाही पनि निर्वाचित भए तापनि संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाको प्रभाव क्षेत्र सीमित रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

यसबीच सुशासन, राष्ट्रियता र जवाफदेहिताको मुद्दामा निरन्तर वकालत गर्दै आएका रवि किरण हमालले विद्रोही स्वभावका नेता रूपमा सुर्खेतमा मात्र होइन, जेनजी आन्दोलनमार्फत राष्ट्रव्यापी पहिचान बनाउन सफल भएका छन्। उनको उम्मेदवारीलाई नयाँ पुस्ताको प्रतिनिधित्व र पुरानो राजनीतिक संस्कारप्रतिको चुनौतीका रूपमा हेरिएको छ।

देशभर जस्तै सुर्खेत–१ मा पनि यसपटक नयाँ पुस्तालाई निर्वाचित गर्नुपर्ने जनभावना तीव्र रूपमा बढ्दै गएको देखिन्छ। यही जनआकांक्षा र पुराना राजनीतिक समीकरणबीच सुर्खेत–१ को निर्वाचनले कुन मोड लिन्छ भन्ने चासो बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search