prakriti Media Nepal

प्रकाशित मिति । २३ भाद्र, २०८१ जुनतारा खबर – संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन।

Advertisement

प्रकाशित मिति । २३ भाद्र, २०८१

जुनतारा खबर – संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन।

उक्त गीतको निर्देशन नितिन चन्दले गरेका छन भने स्वर राज सागरको रहेको छ। त्यसैगरी विक्रम पोख्रेल, कविता न्यौपाने र भुवन कार्कीको अभिनय रहेको छ।

अहिले उक्त गीत Malai Pani Timi Sangai | Raj Sagar| Bhuwan Karki | Bikram | Kabita टाइटलमा Ur Style TV Network नामको युट्युब च्यानलमा सार्वजिक भइसकेको छ। पछिल्लो समय रिलिज भएको उक्त गीतले दर्शकको मन जित्ने निर्माता टिमले आसा गरेको छ।

गीतको पुरा भिडियो लिंक

सङ्गीत र गायनका दोभान राज सगर

नेपाली साङ्गीतिक क्षेत्रमा छुट्टै परिचय स्थापित गर्न सफल नाम हो राज सागर । विशेषत गजल विधामा आफूलाई सशक्त रुपमा उभ्याउन सक्ने बलियो साङ्गीतिक क्षमता बोकेका उनी गायक र सङ्गीतकार दुबै हुन् । बि.सं २०४२ साल मङ्सीर १९ गते भोजपुरको साल्पा सिलिछोमा जन्मिएका राजले गाउँकै वीरेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी पास गरका हुन् ।

पूर्वी पहाडी जिल्लाहरुमा लाहुरे बन्ने चलन पुरानो हो l पूर्वी जिल्लाहरुबाट बर्षेनी नयाँ पुस्ता ब्रिटिस लाहुरे बन्ने रहरले गाउँबाट बाहिरिन्छन् र लाहुरे बनेकाहरु एउटा छुट्टै चर्चा बोकेर चाडवाडमा घर फर्कन्छन् । त्यो चर्चा उसले आर्जित गरेको धन सम्पत्तीदेखि उसका पल्टने किस्सासम्म हुने गर्छन् । यही प्रभाव परिवेशमा हुर्किएका राज सागरको मनमा पनि लाहुरे बन्ने सपना जन्मियो र घरबाट निस्किए उनी झोला, केहीजोर लुगा र लाहुरे बन्ने रुवानी सपना बोकेर । यो २०५९ सालको कुरा हो । जतिबेला राज १७ बर्षका किशोर थिए ।
भोजपुरबाट विभिन्न चरण पार गर्दै पोखरा आईपुगेका राज सागरको लाहुरे बन्ने सपना त त्यहाँबाट अघि बढ्न सकेन l तर विभिन्न जिल्लाबाट लाहुरे बन्न आएका उनकै उमेर समूहका दौंतरी र ट्रेनरहरुमाझ उनको गायन क्षमताले राम्रै चर्चा पायो । सानैबाट रेडियो नेपाल सुन्दै हुर्किएका राज नातिकाजी, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी लगायतका अग्रजको पदचाप पछ्याउँदै अघि बढेकाले पनि उनले छनोट गरेर गाउने गीतहरुको वजन उनको उमेर भन्दा ज्यादा जस्तो लाग्थ्यो सुन्नेहरुलाई ।
लाहुरे बन्न नसकेपछि उनलाई भोजपुर फर्कन मन लागेन l उनी पोखराबाट बस चढेर काठमाडौं आए । काठमाडौं आएपछि वरिष्ठ सङ्गीतकार दीपक जंगम र बेनी रावतसँग सङ्गीत प्रशिक्षण लिएका उनले बि.सं. २०६३ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका हुन् । उसो त पछिल्लो समय उनले शाश्त्रीय सङ्गीतका गुरु विष्णु आचार्यसँग ध्रुपद गायनको प्रशिक्षण लिएका थिए । उनी रेडियो नेपालबाट यसैबर्ष आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम भएका गायक समेत हुन् ।
जतिबेला राज सागर साङ्गीतिक क्षेत्रमा प्रवेश गरे, त्यो समय लोकदोहोरी र एल्वमको समय थियो । उनले पनि स्वर परिक्षा पास गरेकै बर्ष लोकदोहोरी ‘यो मायाको रुपै हँसिलो’ बजारमा ल्याए । औपचारिक रुपमा साङ्गीतिक क्षेत्रमा लोकगीतबाट प्रवेश गरेका उनले २०६८ सालमा त्यो समयकी चर्चित गायिका सत्यकला राईसँग सहकार्य गरे । सत्यकलाको ‘ढढिया थापिदेऊ न साईंला’ गीत अत्याधिक सफल भयो । धेरैलाई थाहा नहोला, यस गीतका रचनाकार तथा सङ्गीतकार राज सागर हुन् ।
बि.सं. २०६४ सालमा आयोजित नेपाली ताराको दोस्रो संस्करणका चौंथो बिजेता उनी त्यसपछि निरन्तर गायन र सङ्गीतलाई संगै लिएर अघि बढिरहेका छन् । आधुनिक, चलचित्र, पप, स्वदेशगान लगायतका सबै बिधामा काम गरेका उनको सङ्गीत र स्वरमा गरी करिव एक सयको संख्यमा गीतहरु रेकर्ड भएका छन् ।
अञ्जु पन्त, स्वरुपराज आचार्य, मेलिना राई लगायतका सर्वाधिक लोकप्रिय गायक गायिकाहरुसँग सहकार्य गरेका उनले २०६५ सालमा भ्वाईस अफ नेपाल नामक म्युजिक कम्पनी दर्ता गरेर सङ्गीत उत्पादन तथा प्रवर्धनको काम पनि गरिरहेका छन् ।
युद्धग्रस्त देश युक्रेनका बालबालिकाको सहयोगार्थ, पत्रकार कुमार अच्छामी बचाउँ अभियान, माईती नेपाल, शैक्षिक क्षेत्र लगायत सामाजिक कार्य र विभिन्न सङ्घ संस्थाहरुलाई आर्थिक सहयोग समेत गर्दै आएका उनी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’का सङ्गीतकार हुन् l उनको कम्पनी भ्वाईस अफ नेपाल म्युजिक इण्डष्ट्रिज प्रालिले यस चलचित्रको अन्तर्राष्ट्रिय अधिकार लिएको छ । राज सागरका अनुसार यो चलचित्र प्रदर्शनबाट प्राप्त हुने रकम बालबालिकाहरुको हक हितमा तत्कालै खर्च गरिने छ ।
ईमेज पब्लिक च्वाईस अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, कालिका अवार्ड लगायतका अवार्ड प्राप्त गरेका गायक तथा सङ्गीतकार राज सगरमाथा अवार्ड, छायाछवि म्युजिक अवार्ड लगायत दर्जनौं अवार्डहरुमा उत्कृष्ट ५ को नोमिनेशनमा समेत पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिय...
बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

मोरङ — ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीम...
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ  महाधिवेशनको मिति नजिकिएसँगै संघीय र...
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष ए...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search