prakriti Media Nepal

शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन नगरी नेपाल अघि बढ्न सक्दैन : रवि किरण हमाल |

Advertisement

काठमाडौँ — जय देश नेपाल द्वारा आयोजित “वर्तमान राष्ट्रिय सङ्कट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन नगरी नेपाल अघि बढ्न नसक्ने स्पष्ट दाबी गरेका छन्। उनले देश गहिरो संरचनात्मक संकटमा फसेको उल्लेख गर्दै यसको मूल कारण असफल शासन प्रणाली र जनताबाट विमुख हुँदै गएको निर्वाचन प्रणाली रहेको बताए।

कार्यक्रममा बोल्दै हमालले भाद्र २३ गते नेपालको नयाँ पुस्ताको आह्वानमा भएको विद्रोह मुलुकलाई संकटमोचनतर्फ लैजाने ऐतिहासिक प्रयत्न भएको बताए। उनले भाद्र २४ गते देशमा भएको आगजनी र हिंसात्मक गतिविधि जेन्जी आन्दोलनबाट नभई कुनै गिरोहद्वारा नियोजित रूपमा गरिएको कुकर्म भएको दाबी गरे। नयाँ पुस्ताको विद्रोहलाई बदनाम गर्न त्यस्ता घटनाहरू गराइएको उनको आरोप थियो।

उनले अब राज्यले नयाँ पुस्ताले उठाएको विद्रोहलाई स्वीकार गर्दै त्यसको राजनीतिक सन्देश बुझ्नुपर्ने आवश्यकता औँल्याए। “नयाँ पुस्ताको आवाजलाई दबाउने होइन, सुन्ने साहस राज्यले देखाउनुपर्छ,” उनले भने।

हमालले शासकीय स्वरूप र निर्वाचन प्रणालीको परिवर्तनसँगै विशेषगरी न्यायालय, कूटनीतिक निकाय, निजामती प्रशासन, सुरक्षा निकाय र विश्वविद्यालय ,यी पाँच संस्थाको गहिरो पुनर्संरचना अनिवार्य रहेको बताए। उनका अनुसार यी संस्थाहरू राजनीतिक हस्तक्षेप, जडता र अविश्वासको चक्रमा फसेका छन्, जसले राज्यलाई कमजोर बनाइरहेको छ।

कार्यक्रममा उनले जेन्जी विद्रोही, राजनीतिक दलका सचेत नेतृत्व, बौद्धिक वर्ग र प्रबुद्ध नागरिकहरू एक ठाउँमा उभिएर देशलाई वर्तमान राष्ट्रिय संकटबाट मुक्त गर्न साझा पहल गर्नुपर्ने आह्वानसमेत गरे।

अन्तरक्रिया कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता शंकर भण्डारी, राजनीतिक विश्लेषक सौरभ, मनिषा कोइराला, भवानी राणालगायत विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार कार्यक्रमले वर्तमान राष्ट्रिय संकट र सम्भावित समाधानबारे गम्भीर बहसको वातावरण निर्माण गरेको छ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search