prakriti Media Nepal

Day: १९ पुष २०८२ १५:५४

भ्रष्ट र असफल सरकार अपदस्त गरी जेन–जी नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्छः अर्जुन शाही

भ्रष्ट र असफल सरकार अपदस्त गरी जेन–जी नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्छः अर्जुन शाही

जेन–जीका प्रतिबद्धता पूरा नगरेको आरोप, जवाफदेही खोज्दा झुट्टा मुद्दा लगाएर मुख बन्द गर्न खोजिएको दाबी काठमाडौं — अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक तथा जेन–जी क्रान्तिका प्रमुख अगुवा अर्जुन शाहीले भ्रष्ट र असफल सरकारलाई अपदस्त गर्दै जेन–जीको नेतृत्वमा नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पारेका छन्। शाहीका अनुसार वर्तमान सरकारले जेन–जी आन्दोलनसँग गरिएका प्रतिबद्धता र बाचाहरू पूरा गर्न नसकेको मात्र होइन, सरकारलाई जवाफदेही बनाउन खोज्दा राज्यसत्ताको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा लगाएर आवाज दबाउने प्रयास गरिरहेको छ। उनले भने, “जेन–जीले देशमा सुशासन, पारदर्शिता र युवाको नेतृत्व स्थापित गर्ने स्पष्ट एजेन्डासहित आन्दोलन गरेको हो। तर प्रतिगामी सोच बोकेको सरकारले ती…
Read More
जेन–जी क्रान्तिका अगुवा अर्जुन शाहीको झुट्टा मुद्दामा पक्राउविरुद्ध आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण |

जेन–जी क्रान्तिका अगुवा अर्जुन शाहीको झुट्टा मुद्दामा पक्राउविरुद्ध आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण |

काठमाडौं — जेन–जी क्रान्तिका अगुवा तथा अन्तरिम सरकार निर्माण प्रक्रियाका सह–संयोजक अर्जुन शाहीलाई प्रहरीले झुट्टा तथा राजनीतिक प्रतिशोधपूर्ण मुद्दा लगाई पक्राउ गरेको भन्दै आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण (Habeas Corpus) को निवेदन दायर गरिँदैछ। लोकतन्त्र, सुशासन र युवाको नेतृत्व स्थापित गर्ने अभियानमा अग्रपंक्तिमा रहेका शाहीलाई कानुनी प्रक्रिया र संवैधानिक मर्मको उपहास गर्दै पक्राउ गरिएको आरोप उनका समर्थक तथा कानुनविद्हरूले लगाएका छन्। उनीहरूका अनुसार शाहीमाथि लगाइएका आरोपहरू तथ्यहीन, मनगढन्ते र राज्यसत्ताको दुरुपयोगमार्फत राजनीतिक आवाज दबाउने उद्देश्यले प्रेरित छन्। कानुन व्यवसायीहरूले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार र निष्पक्ष न्यायको हक उल्लंघन भएको दाबी गर्दै सर्वोच्च अदालतमा तत्काल सुनुवाइको माग गरेका छन्। बन्दी…
Read More
विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, २४९ उपभोक्ता को लाइन काटियो विराटनगर ।|

विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, २४९ उपभोक्ता को लाइन काटियो विराटनगर ।|

नेपाल विद्युत प्राधिकरण विराटगर वितरण केन्द्रले प्रथम चौमासिक सम्ममा विद्युत महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ । विराटनगर वितरण केन्द्रका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ महसुल बक्यौता उठन वाकीँ रहेको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले जानकारी दिनुभयो । प्राधिकरणले बक्यौता रकम मध्ये मंसिर मसान्त सम्ममा ग्राहकबाट १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दीमार्फत असुल गरेको जनाएको छ ।साथै प्राधिकरणले बाँकी बक्यौता रहेका उपभोक्ताको लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहेको र समयमै आफुले बुझाउनुपर्ने विद्युत महशुल प्राधिकरणलाई बुझाउन आग्रह गरेको छ । वितरण केन्द्र प्रमुख…
Read More
जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा |

जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा |

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको वर्तमान राजनीतिक तथा संवैधानिक संकटको निकास सर्वपक्षीय सहमतिबाट खोजिनुपर्ने धारणा सार्वजनिक रूपमा अघि सारेका छन्। जेन्जी आन्दोलनका अगुवा रवि किरण हमाल र मिराज ढुङ्गानाले उठाउँदै आएको यही मागसँग कांग्रेस महामन्त्री थापाको अभिव्यक्ति मेल खाएको छ। जेन्जी आन्दोलनका अगुवाहरूले नागरिक अगुवा, राजनीतिक दल र विद्रोहमा सहभागी पक्षबीच व्यापक सर्वपक्षीय सहमति कायम गरेर मात्र राजनीतिक स्थायित्व, सुशासन र संवैधानिक समाधान सम्भव हुने अडान लिँदै आएका छन्। सोही धारमा उभिँदै महामन्त्री थापाले पनि हालको संकट पुरानै राजनीतिक अभ्यासबाट समाधान नहुने संकेत गरेका छन्। भाद्र २३ र २४ गते नवोदित पुस्ताको नेतृत्वमा भएको जेन्जी विद्रोहपछि उठेका स्थायित्व, सुशासन, राज्य संरचनाको पुनर्संरचना तथा राजनीतिक उत्तरदायित्वका मुद्दाहरू सम्बोधन गर्न वर्तमान सरकार असफल देखिएको सन्दर्भमा जेन्जी अगुवा र कांग्रेस महामन्त्रीको दृष्टिकोण एउटै बिन्दुमा आएर ठोक्किएको विश्लेषण गरिएको छ। जेन्जी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसजस्तो प्रमुख दलका महामन्त्रीले सर्वपक्षीय सहमतिको एजेन्डा अघि सार्नुलाई सकारात्मक रूपमा लिएको बताएका छन्। उनले भने, “हामीले निरन्तर भन्दै आएका थियौँ—सर्वपक्षीय सहमति हुनुपर्छ, सार्वजनिक संस्थाहरूको पुनर्संरचना आवश्यक छ र राजनीतिक स्थायित्वका लागि शासकीय स्वरूप तथा निर्वाचन प्रणालीमा परिवर्तन अपरिहार्य छ। आज नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि यही कुरा उठाउनुभएको छ, यसलाई हामी स्वागत गर्छौं।” महामन्त्री गगनकुमार थापाले हालै सार्वजनिक गरेको भिडियो सन्देशमार्फत जेन्जी विद्रोहका क्रममा उठेका मुद्दाहरूलाई सर्वपक्षीय सहमतिबाटै अगाडि बढाउन सकिने धारणा व्यक्त गरेका छन्। उनको यस अभिव्यक्तिलाई स्थापित राजनीतिक दल र नवोदित राजनीतिक शक्तिबीच सम्भावित संवाद र सहकार्यको संकेतका रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार जेन्जी आन्दोलनले उठाएका मुद्दाहरूलाई अब मुख्यधारका दलहरूले गम्भीरतापूर्वक ग्रहण गर्न थालेको देखिनु नेपालको राजनीतिक संक्रमण नयाँ चरणमा प्रवेश गरिरहेको संकेत हो। सर्वपक्षीय सहमतिको बहसले आगामी दिनमा शासकीय संरचना, निर्वाचन प्रणाली र राज्य सञ्चालनको स्वरूपमै पुनर्विचारको वातावरण बनाउने अपेक्षा गरिएको छ।
Read More
सुचना सम्प्रेषण गरिदिनुहुन सबै पत्रकार मित्रहरूलाई बिन्रम अनुरोध गर्दछु ।

सुचना सम्प्रेषण गरिदिनुहुन सबै पत्रकार मित्रहरूलाई बिन्रम अनुरोध गर्दछु ।

समानुपातिक सूचीमा नातावाद र क्षेत्रीय उपेक्षाको आरोप : जेनजी अगुवा अर्जुन शाहीको कडा चेतावनी, प्रतिक्रान्तिको खतरा औंल्याउँदै सुधारको माग काठमाडौं, ३० डिसेम्बर २०२५ – नेपाल जेनजी रिभोलुशन नेपालका सह–संयोजक अर्जुन शाहीले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले बुझाएका समानुपातिक उम्मेदवार सूचीमाथि तीव्र आलोचना गर्दै यसलाई नातेदार भर्ती केन्द्र र सांसद पद बिक्री केन्द्र बनाइएको आरोप लगाएका छन्। उनले सुदूरपश्चिम, कर्णाली जस्ता पिछडिएका क्षेत्रहरूको निरन्तर उपेक्षा भएको भन्दै जेनजी आन्दोलनको आँधीहुरीपछि पनि यस्तो प्रवृत्ति कायम रहनु दुःखद र पीडादायी भएको बताएका छन्। शाहीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको असन्तुष्टिमा भनेका छन्, "सदियौंदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो। निश्चित वर्गको हालीमुहाली तोड्न यो प्रणाली लागू गरिएको थियो। दुखद कुरा चाहिँ, हिजो हजारौंको बलिदानबाट प्राप्त भएको यही प्रणालीलाई आज दलहरूले आफ्ना नातेदार भर्ती गर्ने र पद बिक्री गर्ने केन्द्र बनाएका छन्। यतिखेर दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भयो।" उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सूचीमा कर्णाली र  सुदूरपश्चिमलाई हेपिएको आरोप लगाउँदै प्रश्न उठाएका छन्, "रास्वपाको समानुपातिक सूचीमा सुदूरपश्चिमलाई हेपियो रे?" शाहीका अनुसार, सुदूरपश्चिम र मध्यपश्चिम प्रदेशहरू वर्षौंदेखि राजधानीकेन्द्रित सत्ताबाट अपहेलित हुँदै आएका छन्। उनले लेखेका छन्, "मेरो सुदूर अझै पनि सुदूर नै छ। त्यहाँका मानिस र समुदायलाई यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्। प्रिय सुदूरपश्चिम, पुस १५ को शुभकामना। यतिखेर म आफ्नो भूगोलबाट टाढा छु। रातभरि जागै बसेर पकाएको भुन्या रोटी मीठो होस्। तर हामी अझै पनि देशको केन्द्रबाट टाढा, सुदूरमै छौं। यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको हिस्सा हो।" शाहीले राज्यको ऐतिहासिक उपेक्षालाई कटाक्ष गर्दै थपेका छन्, "ए मूर्ख, जङ्गबहादुरसँग विद्रोह गर्ने बाँकावीरलाई यो राज्यले सहिद मान्दैन, बालकृष्ण सम जन्मेको समयबाटै नाटक लेख्ने पहलमान सिंह स्वारलाई आधुनिक नाटककार स्विकार्दैन, भिमदत्तको क्रान्तिलाई किसान आन्दोलन मान्दैन। हुँदाहुँदा जेनजी आन्दोलनले सडकभरी लतपतिएको रगतलाई बलिदान नमान्ने यो राज्यले सुदूरलाई दूर राख्नु तिमी आश्चर्य मान्छौ?" उनले सुदूरपश्चिमका ऐतिहासिक योगदानकर्ताहरूको योगदानलाई राज्यले मान्यता नदिएकोमा आक्रोश व्यक्त गरेका छन्। यो उपेक्षालाई क्रान्तिकारी सन्दर्भमा जोड्दै शाहीले चेतावनी दिएका छन्, "चिन्ता नलिनू। देशमा अर्को क्रान्ति हुँदा फ्रन्टमा उभिएर गोली थाप्ने छाती चाहिन्छ। त्यो बेला आउँछ सुदूरपश्चिमको पालो!!!!" उनले जेनजी आन्दोलनको योद्धाहरू र प्रमुख रणनीतिकार जन्माएको तथा दुई प्रदेशले देशको परिवर्तनमा ६० प्रतिशत योगदान दिएको कदर नभएकाले थप प्रतिक्रान्ति हुने खतरा औंल्याएका छन्। "जेनजी क्रान्तिको आँधीहुरीपछि पनि यस्तो देखिनु निकै दुःखद र पीडादायी हो। सबै जिम्मेवार भएर सूची संसोधन गर्नुपर्ने अन्यथा प्रतिक्रान्तिको खतरा बढ्छ," उनको भनाइ छ। शाहीले अन्त्यमा कडा अठोट व्यक्त गर्दै भनेका छन्, "कि यो राज्यले तिमिहरू यो देशको पहिलो दर्जाको नागरिक होइनौ भन्दिनु पर्यो, हामी त्यै अनुसार जनतालाई जागृत गराउँछौं। होइन भने सम्मानजनक पहुँच र न्यायिक लडाइँ लड्न कहिल्यै पनि नथाक्ने अठोट गर्दछु।" राजनीतिक विश्लेषकहरूका अनुसार, २०२५ को जेनजी आन्दोलनले नेपालको राजनीतिमा ठूलो परिवर्तन ल्याएको थियो, जसले भ्रष्टाचार र असमानताविरुद्ध युवा पुस्ताको विद्रोहलाई प्रतिबिम्बित गरेको थियो। समानुपातिक प्रणालीलाई समावेशी बनाउन ल्याइए पनि दलहरूले यसलाई व्यक्तिगत स्वार्थमा दुरुपयोग गर्दै आएको आरोप लाग्दै आएको छ। यस निर्वाचनमा पनि यस्ता विवादहरूले लोकतान्त्रिक प्रक्रियामा प्रश्न उठाएका छन्। निर्वाचन आयोगले समानुपातिक सूचीहरूको छानबिन गरिरहेको जनाएको छ तर कुनै टिप्पणी गरेको छैन। दलहरूबाट यस विषयमा औपचारिक प्रतिक्रिया आउन बाँकी छ। शाहीको यो चेतावनीले सुदूरपश्चिमका नागरिकहरूमा नयाँ जागरण ल्याउने र सूची संसोधनमा दबाब बढाउने अपेक्षा गरिएको छ।   On Mon, 29 Dec 2025, 10:19 Rabi Kiran Official, <rkiranofficial@gmail.com> wrote: निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने    काठमाडौँ - जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी नागरिक अङ्गभङ्ग तथा गम्भीर घाइते भएको उल्लेख गर्दै जेन्जी मुभमेन्ट नेपालले संरचनागत राजनीतिक सुधारबिनाको निर्वाचन अस्वीकार्य हुने चेतावनी दिएको छ।   आन्दोलनका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ कि ती बलिदानहरू केवल २०८४ मा तय गरिएको निर्वाचन मिति २०८२ मा सार्नका लागि नभई राज्यको असफल…
Read More
निर्वाचन आयोगलाई चेतावनी, विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने |

निर्वाचन आयोगलाई चेतावनी, विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने |

काठमाडौँ - जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी नागरिक अङ्गभङ्ग तथा गम्भीर घाइते भएको उल्लेख गर्दै जेन्जी मुभमेन्ट नेपालले संरचनागत राजनीतिक सुधारबिनाको निर्वाचन अस्वीकार्य हुने चेतावनी दिएको छ। आन्दोलनका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ कि ती बलिदानहरू केवल २०८४ मा तय गरिएको निर्वाचन मिति २०८२ मा सार्नका लागि नभई राज्यको असफल शासन, विकृत निर्वाचन प्रणाली, दण्डहीनता र जनविरोधी शासकीय संरचनाविरुद्ध उठेको ऐतिहासिक प्रतिरोधका रूपमा भएका थिए। वक्तव्यमा संविधान पुनर्लेखन, शासकीय स्वरूप र निर्वाचन प्रणालीको आमूल परिवर्तन, सार्वजनिक संस्थाहरूको गहिरो पुनर्संरचना, जेन्जी विद्रोहका क्रममा नागरिकमाथि भएको दमनमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search