Skip to main content

prakriti Media Nepal

News Breaking – जेन्जी मुभमेन्टले भन्यो ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग |

Advertisement

जेन्जी मुभमेन्टले भन्यो ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं — जेन्जी मुभमेन्ट नेपालको प्रेस वक्तव्यअनुसार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको गैरकानुनी विद्युत् खरिद सम्झौता गरिएको खुलेको छ। मुभमेन्टले यो सम्झौतालाई “राष्ट्रघाती” भन्दै त्यसमा संलग्नहरूबिरुद्ध कडा कारबाहीको माग गरेको छ।

वक्तव्यमा भनिएको छ कि उक्त सम्झौता विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको र यसले नेपालको आर्थिक स्वाधीनता र सार्वजनिक स्वार्थमाथि गम्भीर प्रहार गरेको आरोप लगाइएको छ। मुभमेन्टले यो कार्यलाई “सिधा–सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री” भनेको छ।

प्रेस वक्तव्यमा जेन्जी मुभमेन्टले सरकारसमक्ष चार बुँदे माग राखेको छ:

१. ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्ने।

२. प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन सुरु गर्ने।

३. विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्ने।

४. राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्ने र राज्यका सम्पत्ति फिर्ता गराउने कानुनी प्रक्रिया तुरुन्त सुरु गर्ने।

वक्तव्यका अनुसार, “जेन्जी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरु देशलाई लुट्न उद्दत रहेको कुरा पुष्टि भएको” उल्लेख गरिएको छ र सरकारले माग पूरा नगरेमा “कठोर सङ्घर्ष”का लागि युवाहरू बाध्य हुने चेतावनी दिइएको छ।

जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको उक्त वक्तव्यमा संगठनले तत्काल सरकारबाट जिम्मेवारहरूलाई हटाएर छानबिन थाल्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search