prakriti Media Nepal

Day: २९ कार्तिक २०८२ १३:१९

दुर्गा प्रसाईको जीवन र राजनीतिक यात्रा

1. जन्म र शुरुवात दुर्गा प्रसाई झापा जिल्लामा जन्मिएका हुन्। उनको पारिवारिक पृष्ठभूमि साधारण थियो — खेतीपाती परिवारबाट आउँछन्। उनी आठौँ कक्षा (Class 8) मा पढाइछोडेका थिए, आर्थिक समस्या का कारण। 2. व्यवसायिक यात्रा उनका व्यवसायिक शुरुवात पशु पालनबाट भएको थियो — बफरू (भैंसी) farming मा लगानी गरे पनि त्यो असफल भयो। उनले B & C Medical College र Hospital स्थापना गरेका छन्, जुन झापामा छ। उनी स्वास्थ्य क्षेत्रमा उद्यमी मात्र होइनन्; उनका राजनीतिक सम्बन्ध पनि बलियो छन्। 3. राजनीतिक यात्रा सुरुमा उनले नेपाली कांग्रेससँग सम्बन्ध राखेका थिए। त्यसपछि उनले माओवादी आन्दोलनमा प्रवेश गरे — उनी माओवादी युगमा भूमिगत रहे…
Read More

News Breaking – जेन्जी मुभमेन्टले भन्यो ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग |

जेन्जी मुभमेन्टले भन्यो ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग काठमाडौं — जेन्जी मुभमेन्ट नेपालको प्रेस वक्तव्यअनुसार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी पीटीसी इन्डियासँग करिब ४३ करोड रुपैयाँ बराबरको गैरकानुनी विद्युत् खरिद सम्झौता गरिएको खुलेको छ। मुभमेन्टले यो सम्झौतालाई “राष्ट्रघाती” भन्दै त्यसमा संलग्नहरूबिरुद्ध कडा कारबाहीको माग गरेको छ। वक्तव्यमा भनिएको छ कि उक्त सम्झौता विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको र यसले नेपालको आर्थिक स्वाधीनता र सार्वजनिक स्वार्थमाथि गम्भीर प्रहार गरेको आरोप लगाइएको छ। मुभमेन्टले यो कार्यलाई “सिधा–सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री” भनेको छ। प्रेस वक्तव्यमा जेन्जी मुभमेन्टले सरकारसमक्ष चार बुँदे माग राखेको छ: १. ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्ने। २. प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन सुरु गर्ने। ३. विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्ने। ४. राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्ने र राज्यका सम्पत्ति फिर्ता गराउने कानुनी प्रक्रिया तुरुन्त सुरु गर्ने। वक्तव्यका अनुसार, “जेन्जी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरु देशलाई लुट्न उद्दत रहेको कुरा पुष्टि भएको” उल्लेख गरिएको छ र सरकारले माग पूरा नगरेमा “कठोर सङ्घर्ष”का लागि युवाहरू बाध्य हुने चेतावनी दिइएको छ। जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको उक्त वक्तव्यमा संगठनले तत्काल सरकारबाट जिम्मेवारहरूलाई हटाएर छानबिन थाल्न आग्रह गरेको छ।
Read More

Breaking News – जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ |

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ। सुशीला कार्कीले सत्ता कु गरेको दिन (भाद्र २७) लाई जेन्जी विद्रोहको लागि कालो दिन का रूपमा स्मरण गर्दै कार्तिक २७ गते माइतीघरमा सांकेतिक विरोध गर्न गएका विजय शाहलगायत कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो। भाद्र २७ गते सुशीला कार्की नेतृत्वको सरकारले सत्ता कु गरेर जेन्जी विद्रोहलाई अपहरण गरेको आरोप लगाउँदै शाहले सांकेतिक प्रदर्शन गरेका थिए। शान्तिपूर्ण रूपमा विरोधमा उभिएका शाह र उनका सहकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा लगेको बताइएको छ। जेन्जी मुभमेन्ट नेपालले यस घटनालाई अभिव्यक्तिको अधिकारमाथिको दमन भन्दै तत्काल रिहाइको माग गरेको छ। “तुरुन्तै रिहाइ गरियोस्, सत्ता कु गरेर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search