Skip to main content

prakriti Media Nepal

कविता घनश्याम ढकाल,खोटाङ

Advertisement

The birth of my daughter and me, born of money,
पैसाले जन्माएको म र छोरीको जन्म

प्रिय् जिन्दगी यो मेरो जन्म हो
र कष्टकर यात्राको सुरुवात हो
मेरो जन्म दुखको सुरुवात हो
सम्झन्छु मुटु काप्छ
फेरि सम्झन्छु फेरि हास्छु
एस्तै त रैछ मेरो जन्म
हरेकको जन्म
जन्म जन्म जन्म

प्रिय जन्म
सायद म जन्मिदै गर्दा म रुरै थिए
मेरि आमाको शरीरबाट धेरै रगत बग्दै थियो
तर जब मेरो आमाले मलाई हेर्छिन नि
अरे तेत्रो पिढा सहेर
आमा हास्छिन मुसु मुसु मुसु मुसु

बेचिन आमाले आफ्नै रगत
दिइन जन्म यो सुन्दर सृष्टिमा
फेरि मलाई लाग्छ
हरेक आमा सन्तान जन्माउन
किन मर्न पनि तयार हुन्छन
पाए एउटै उत्तर
आमा त आमा हुन ।

हो म जन्मे
तर थिएनन बा तेत्रो खुशी
किनकी
म त जन्मे
तर मैले
म जन्मेको अस्पतालको बिल तिरिन

हो मलाई आमाले बचाउनु भयो
दिनुभयो जन्म

तर आमालाइ मैले बचाइन
बचाउने त अस्पताल थियो
अस्पतालले तेस्तै उपचार गर्थ्यो
जस्तो पैसा हुन्छ
आमा बचाउने थियो बाको पसिना
बेचे बाले मेरो अंस
अस्पताल को बिल तिर्न
आखिर किन बाले बेचे आफ्नै रगत अनि पसिना
त्यो तातो खाडिमा
पाए एउटै उत्तर मेरो खुशी किन्न बेचेछन बाले आफ्नै सपना ।
म हेर्छु मेरो जन्म
अनि सोचिरहेछु
सन्तानको जन्म
हो मलाई आमाले रगत
बाले घर खेत
सबै बेचेर जन्म दिनुभयो
तर म सोच्छु
प्रिय् छोरी तिमी जन्मनु
आफ्नै घरमा
आउने छ अस्पताल
तिमिलाइ खोज्दै
किनकी खोज्दैछ अस्पताल बिरामी र पैसा

हो पैसाले जन्माएको हो मलाइ

तेसैले त आज म
म तिम्रो बा
रोप्दैछु बोट
पैसाको बोट
तिम्रो लागि
तिम्रो आमाको लागि
मेरो आमाको लागि
मेरो बाको लागि
र हाम्रो खुशिको लागि
प्रिय् छोरी तिमी घरमै जन्मनु
आउनेछ अस्पताल तिम्रै घरमा
अनि हेर्छु फेरि देश
बिरामी देश
बिरामी शासक
बिरामी सोच
तेसैले त
प्रिय् छोरी
यहाको माटो,हावा अनि पानी
तिमिले पिउने पानीमा
टेक्ने माटोमा
अनि
फेर्ने सासमा
खुशी छ छोरी
खुशी त सबै छ
जब तिमि
तिमिमा खुशी हुन सिक्छौ
देशमा खुशी छौ
म मा खुशी छौ
तिम्रो आमामा खुशी छौ
हाम्रो परिवारमा खुशी छौ ।
प्रिय् छोरी तिम्रो बाको जन्म
रिन लाउदै भयो तिम्रो जन्म
रिन तिर्दै हुन्छ ।
तिमी
खुशी लिएर आएको हौ
खुशी लिएर आएको हौ
खुशी लिएर आएको हौ

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search