prakriti Media Nepal

आयो राइड्स नेपालले चितवनमा १० रुपैयाँमा सवारी सेवा अफर घोषणा गर्यो |

Advertisement

चितवन, ३० भाद्र – आयो राइड्स नेपालले चितवनमा आफ्नो नयाँ सवारी सेवा अफरको घोषणा गरेको छ, जसअन्तर्गत चितवनभर १० रुपैयाँमा सवारी सेवा प्रदान गरिनेछ। यो विशेष अफर कम्पनीले आफ्नो नयाँ एपको लन्चको अवसरमा सुरु गरेको हो।

 

आयो राइड्स नेपालले  १ वर्ष वीरगन्ज, हेटौँडा, र अन्य प्रमुख शहरहरूमा सस्तो र सुविधाजनक सवारी सेवाहरू उपलब्ध गराउँदै आएको छ। अब चितवनका बासिन्दाहरूलाई पनि यो विशेष अफरको फाइदा उठाउने अवसर प्राप्त भएको छ। कम्पनीले चितवनमा १० रुपैयाँको अफरमार्फत ग्राहकलाई आकर्षित गर्ने र आफ्नो सेवा विस्तारलाई थप प्रभावकारी बनाउन चाहन्छ।

 

नेपालभर आयो राइड्स नेपालले २ किमी २५ रुपैयाँमा, १० यात्रामा छुट, ५ यात्रामा छुट जस्ता विभिन्न अफरहरू पनि प्रदान गरेको छ। यससँगै, नेपालमा राइड सेयरिङको माध्यमबाट धेरैलाई सुविधा र रोजगारको सिर्जना गर्दै छोटो समयमा नै यसले आफ्नो पहिचान बनाउन सफल भएको छ। साथै, सस्तो र सुविधाजनक अफरहरूका कारण यसले उच्च मात्रामा अर्गानिक रिच हासिल गरेको छ, जसले गर्दा यसको सेवा अझ धेरै मानिसहरूसम्म पुग्न सफल भएको छ।

 

आयो राइड्स नेपाल नेपाली लगानीमा र नेपाली डेभलपरद्वारा बनाइएको पहिलो एप हो। यो एपले सवारी सेवाको क्षेत्रमा नविनता ल्याउँदै, विभिन्न सस्तो र सुविधाजनक अफरहरू मार्फत प्रयोगकर्ताहरूलाई समर्पित सेवा प्रदान गरेको छ। कम्पनीले ग्राहकहरूको सहजता र सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ र यस नयाँ अफरले थप ग्राहकलाई आकर्षित गर्ने अपेक्षा राखिएको छ।

 

यस विशेष अफर अन्तर्गत, १० रुपैयाँमा ५ किलोलिटरसम्मको यात्रा गर्न सकिन्छ। यसभन्दा बढीको यात्रा भएमा, सामान्य भुक्तानी दर लागू हुनेछ। कम्पनीका सह-प्रस्तापक अभिषेक अधिकारी ले आगामी दसैं र तिहारको पर्वमा अझ बढी आकर्षक र सस्तो अफर ल्याउने आश्वासन दिएका छन्। यसले चाडपर्वको समयमा ग्राहकहरूलाई थप फाइदा पुर्याउने र आयो राइड्सको लोकप्रियता बढाउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search