prakriti Media Nepal

Blog

भाद्र २४ गते देश खरानी बनाउन भूमिका खेलेको भन्दै सुशीला कार्की र ओमप्रकाश अर्यालको बयान लिनुपर्ने माग |

भाद्र २४ गते देश खरानी बनाउन भूमिका खेलेको भन्दै सुशीला कार्की र ओमप्रकाश अर्यालको बयान लिनुपर्ने माग |

काठमाडौं — २०८२ भाद्र २४ गते भएका हिंसात्मक घटनामा पूर्वनियोजन, नेतृत्व तथा सम्भावित निर्देशनको आशंका गर्दै जेन्जी जाँचबुझ आयोगमा औपचारिक निवेदन दर्ता भएको छ। जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले आगजनी, तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति तथा जीवनमाथि आक्रमणजस्ता गतिविधिहरू स्वतःस्फूर्त नभई संगठित र निर्देशित हुनसक्ने दाबी गर्दै निष्पक्ष, वैज्ञानिक र प्रमाण–आधारित छानबिनको माग गरेका छन्। निवेदनमा सार्वजनिक रूपमा उपलब्ध प्रत्यक्षदर्शी विवरण, दृश्य–श्रव्य सामग्री र सञ्चारमाध्यमका रिपोर्टहरू उद्धृत गर्दै घटनाको गहिरो फौजदारी अनुसन्धान आवश्यक रहेको उल्लेख छ। विशेषतः सुशिला कार्की र ओमप्रकाश अर्यालको सम्भावित भूमिकाबारे उठेका प्रश्नहरूको तथ्यपरक परीक्षण गर्न आयोगसँग माग गरिएको छ। भाद्र २४ गते युवाहरूलाई उद्दलित गर्दै देश खरानी बनाएर राज्यविहिनताको अवस्था सिर्जना गर्दै सत्ता कु को मनसाय राखेको निवेदनमा उल्लेख छ। निवेदनमा छानबिनका मुख्य बुँदाहरूमा घटनाअघि कुनै बैठक, समन्वय वा रणनीति निर्माण भएको–नभएको परीक्षण; नेतृत्व वा परोक्ष/प्रत्यक्ष निर्देशनको पुष्टि; आगजनी र तोडफोड कसरी, कहाँ र कसको निर्देशनमा भयो भन्ने विस्तृत अनुसन्धान; तथा राजनीतिक वा शक्ति–केन्द्रित उद्देश्यले अस्थिरता सिर्जना गर्ने सम्भावित डिजाइनको समीक्षा समावेश छन्। छानबिनबाट संलग्नता प्रमाणित भएमा प्रचलित कानुनअनुसार अभियोजन सिफारिस गर्न पनि आग्रह गरिएको छ। निवेदकले आयोगलाई सबै सम्बन्धित व्यक्तिहरूलाई कानुनी प्रक्रियाअन्तर्गत बयानका लागि बोलाउने, पारदर्शी छानबिन अघि बढाउने र निष्कर्ष सार्वजनिक गर्ने माग गरेका छन्। उनका अनुसार, यस्ता गम्भीर आरोपहरूको सत्यता स्पष्ट पार्नु लोकतान्त्रिक शासनको आधारभूत दायित्व हो।
Read More
महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीको संरक्षणमाथि प्रश्न |

महान्यायाधिवक्ता निलम्बन प्रकरण : सुशीला कार्कीको संरक्षणमाथि प्रश्न |

काठमाडौँ - १६–१७ वर्षका नाबालिकाहरूलाई बेहोस बनाएर डिम्ब बेचबिखनजस्तो जघन्य अपराधमा मुछिएकाहरूलाई उन्मुक्ति दिएको आरोप लागेका महान्यायाधिवक्तालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ। यस्तो गम्भीर नैतिक र कानुनी प्रश्न उठिसक्दा पनि सुशीला कार्कीले अझै ती व्यक्तिलाई संरक्षण गरेर राख्नुको कारण के हो ? भन्ने प्रश्न जेन्जी अगुवा रवि किरण हमालले सार्वजनिक रूपमा उठाएका छन्। यसअघि नै हमालले उक्त प्रकरणमा तत्काल महान्यायाधिवक्तालाई बर्खास्त गर्न माग गरिसकेका थिए। उनका अनुसार मानवअधिकार, सुशासन र बाल संरक्षणका मुद्दामा दोहोरो मापदण्ड अपनाइएको आशंका बढ्दो छ। उक्त घटनाक्रमले राज्यका उच्च निकायभित्रको जवाफदेहिता, नैतिकता र कानूनको शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ।
Read More
११,००० जेनजी युवालाई रिहा नगरे देशभर आन्दोलन चर्काउने सह-संयोजक अर्जुन शाहीको चेतावनी; मानवअधिकारवादी संस्थाद्वारा गम्भीर चासो व्यक्त |

११,००० जेनजी युवालाई रिहा नगरे देशभर आन्दोलन चर्काउने सह-संयोजक अर्जुन शाहीको चेतावनी; मानवअधिकारवादी संस्थाद्वारा गम्भीर चासो व्यक्त |

११,००० जेनजी युवालाई रिहा नगरे देशभर आन्दोलन चर्काउने सह-संयोजक अर्जुन शाहीको चेतावनी; मानवअधिकारवादी संस्थाद्वारा गम्भीर चासो व्यक्त ​काठमाडौँ, ८ डिसेम्बर २०२५ – नेपालको राजनीतिक अवस्थामा 'जेनेरेसन जी' (Gen Z) युवाहरूको सशक्त नेतृत्वबाट उत्पन्न दबाबले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ। जेनजी आन्दोलनका सह-संयोजक अर्जुन शाहीले सेप्टेम्बरको विद्रोहका क्रममा पक्राउ परेका करिब ११,००० युवाहरूलाई अविलम्ब थुनामुक्त नगरिए र उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दाहरू फिर्ता नलिए देशभर निर्णायक र शक्तिशाली आन्दोलन सुरु गर्ने कडा चेतावनी दिएका छन्। ​भ्रष्टाचार र सुशासनका चुनौतीहरू सामना गरिरहेको अन्तरिम सरकारका लागि यो चेतावनी आगामी निर्वाचनअघि ठूलो संकटका रूपमा देखा परेको छ। ​शाहीको अल्टिमेटम: "परिवर्तनका योद्धाहरूलाई थुन्ने कार्य बन्द गर"…
Read More
प्रधानमन्त्री सुशीला कार्कीलाई जेन्जीहरूको प्रश्न हाम्रो माग पूरा खै त ?

प्रधानमन्त्री सुशीला कार्कीलाई जेन्जीहरूको प्रश्न हाम्रो माग पूरा खै त ?

सम्माननीय प्रधानमन्त्री PM Sushila Karkiज्यू हामी अझै पनि भनिरहे का छौ-GEN Z को माग चुनाव होइन। तर GEN Z को आडमा बनेको तपाईं नेतृत्व को सरकारले GEN Z लाई नै धोका दिएको कठोर यथार्थ प्रष्ट देखिएको छ। INGO का हनुमानहरू भन्दै छन कि तपाईको विकल्प छैन” भनेर प्रचार गर्छन्। अदृश्य शक्तिले कसैको गोजी भरिदियो भन्दैमा ७६ जना सहिद र हजारौँ घाइतेको बलिदान बिर्सनु हुँदैन, प्रधानमन्त्री ज्यू मेरो प्रश्न प्रधानमन्त्री ज्यू लाई......... -भोलि तिपाई माथि नै गोली बर्षिन आए—पहिला न्याय माग्नु हुन्छ कि चुनाव? -युवाको आवाज थुनेर अहिलेसम्म कुनै देशले विकासको गति लिन सकेका छैनन्, र नेपाल पनि त्यसैको शिकार बनिरहे…
Read More
स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ को भव्य समापन नेपाल पुलिस क्लबमा सम्पन्न |

स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ को भव्य समापन नेपाल पुलिस क्लबमा सम्पन्न |

स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ को भव्य समापन नेपाल पुलिस क्लबमा सम्पन्न | काठमाडौँ – स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ को भव्य फाइनल कार्यक्रम नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौँ मा हिजो सफलतापूर्वक सम्पन्न भएको छ। सौन्दर्य, आत्मविश्वास, प्रतिभा र प्रेरणाको अद्भुत संगम बनेको उक्त प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतियोगिताको मिस तर्फ बाट प्रबिना कुँवर विजेता घोषित हुँदै ‘मिस युनिभर्सल २०२५ (सिजन ४)’ को उपाधि जित्न सफल भइन्। त्यस्तै, नियति राना मगर प्रथम उपविजेता (1st Runner-up) तथा अर्पना मगराती द्वितीय उपविजेता (2nd Runner-up) घोषित…
Read More
न्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग |

न्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग |

न्जीका चार समूहको संयुक्त वक्तव्य : ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग | काठमाडौं — जेन्जी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा कडा स्वरमा वक्तव्य जारी गर्दै वर्तमान नागरिक सरकारले आफ्नो नैतिक हैसियत गुमाइसकेको आरोप लगाएका छन्। मन्त्रीहरूले राजनीतिक दलसँग औपचारिक संलग्नता जनाएपछि नागरिक सरकारको अस्तित्व नै प्रश्नमा परेको उनीहरूको ठम्याइ छ। संयुक्त वक्तव्यमा भनिएको छ कि कार्यकारी पदमै बसेर राजनीतिक दलमार्फत सक्रिय राजनीति गर्नु “नागरिक सरकारको सिद्धान्त, पदको शपथ र सार्वजनिक नैतिकताको खुला उल्लङ्घन” हो। चार समूहहरूले यस्तो गतिविधिले जनताको विश्वासमाथि धक्का पुर्‍याएको र राज्य संयन्त्रलाई दलगत स्वार्थमा बन्धक बनाउन खोजिएको आरोप लगाए। ऊर्जा मन्त्रालयद्वारा भारतसँग गरिएको विवादास्पद विद्युत सम्झौता, विद्युत नियमन आयोगको स्वीकृति विना र कमिसन चलखेलको आशंकासहित राष्ट्रलाई ४३ करोड रुपैयाँको प्रत्यक्ष आर्थिक क्षति हुनेगरी गरिएको भन्दै वक्तव्यमा कडा टिप्पणी गरिएको छ। सो मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनमा रहेकै बेला मन्त्रीले राजनीतिक सक्रियता देखाउनु “निष्पक्ष छानबिनमा हस्तक्षेप गर्ने प्रयास” भएको उनीहरूको दाबी छ। चार समूहले संयुक्त रूपमा चेतावनी दिँदै भनेका छन्, “जीएनजी विद्रोहले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिता जस्ता मूल मुद्दालाई कमजोर पार्ने कुनै पनि चलखेल स्वीकार्य छैन।” संयुक्त वक्तव्यमार्फत समूहहरूले सरकारसमक्ष स्पष्ट माग राखेका छन्, ऊर्जा मन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गरियोस्। उनका अनुसार अब कुनै राजनीतिक बहाना, छलफल वा समय तान्ने प्रयास मान्य हुने छैन। संयुक्त वक्तव्यमा थप भनिएको छ कि नागरिक सरकार जनताको नैतिक अधिकारबाट जन्मिएको संरचना भएकाले पदमा बसेका व्यक्तिहरूको निजी स्वार्थ र दलगत गतिविधिले यसलाई कब्जा गर्न नदिने प्रतिबद्धता उनीहरूले कायम राख्नेछन्।
Read More

कञ्चनरुप : पत्रकारमाथि “कथित” आरोपको पत्र—वास्तविक दोष लुकाउने नेतृत्वको रणनीति |

कञ्चनरुप : पत्रकारमाथि “कथित” आरोपको पत्र—वास्तविक दोष लुकाउने नेतृत्वको रणनीति | सप्तरी:  कञ्चनरुप नगरपालिकामा पछिल्ला घटनाक्रमले स्थानीय शासनभित्र विकृति, अनियमितता र नेतृत्वगत अस्थिरता कसरी चरममा पुगेको छ भन्ने थप प्रमाण जुटाइरहेका छन्। कर्मचारीहरूको पाँच महिनाको तलब रोकिएको गम्भीर विषय, कार्यालय प्रशासनमा बढ्दो मनोमानी, कानूनको अवहेलनाबाट उत्पन्न समस्या—यी सबै कुरालाई समाधान गर्ने जिम्मेवारी नेतृत्वको हो। तर विपरित, समस्या पत्रकारमाथि थोपर्ने खेल मौलाउँदै गइरहेको छ। पत्रकारलाई ‘कथित’ भन्दै बदनाम गर्ने भाषा प्रयोग गरी जारी गरिएको कर्मचारी विज्ञप्तिले पत्रकारितामाथि मात्र प्रश्न उठाएको छैन, बरु सत्य उजागर गर्ने आवाज बन्द गराउने प्रशासनिक प्रयास को संकेत दिएको छ। छानबिन नहुँदै पत्रकार दोषी ?—कानुनी पद्धति र…
Read More

मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै ।

मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै । हिजो (आइतबार) बिहान राम नारायण शाहलाई अचानक बेहोस अवस्थामा काठमाडौँको नयाँ बानेश्वरस्थित Civil Hospital, New Baneshwor भर्ना गरिएको थियो। अस्पतालमा उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। तर आज (सोमबार) मध्याह्न–पछाडि राम नारायण शाहलाई निधन भएको जानकारी आएको छ। उनको स्वास्थ्यमा पिसाब संक्रमण (urinary infection) देखिएको थियो, जुन संक्रमण शरीरभर फैलिएको थियो। त्यो नै मुख्य कारण बनेको अस्पतालले जनाएका छन्। अहिले बालेन शाह र उनका परिवार जनहरु पितृ-शोकमा छन्। धेरैले श्रद्धाञ्जली दिइरहेका छन्। सामाजिक/सार्वजनिक प्रतिक्रिया & अवस्था प्रधानमन्त्री Sushila Karki समेत अस्पताल पुगेकी थिइन्, र परिवारसँग दुख व्यक्त…
Read More

कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा, बर्खास्त गर्न माग |

कुलमान घिसिङको मन्त्री पदमा रहँदै चुनावी घोषणा, बर्खास्त गर्न माग | काठमाडौँ – चुनावी सरकारका तीन मन्त्रालय सम्हालेका मन्त्री कुलमान घिसिङले पद त्याग नगरी चुनावी मैदानमा उत्रिने घोषणा गरेसँगै राजनीतिक विवाद उत्पन्न भएको छ। यस विषयमा जेन्जी मुभमेन्ट नेपालले कडा प्रतिक्रिया जनाउँदै सरकारको वैधता र नैतिकता माथि प्रश्न उठाएको छ। जेन्जी मुभमेन्टले जारी गरेको वक्तव्यमा भनिएको छ कि मन्त्री पदलाई ढाल बनाउँदै चुनावमा जान खोज्नु लोकतन्त्र, नैतिकता र जेन्जी विद्रोहमा रगत बगाएका युवाहरूको बलिदानमाथिको प्रत्यक्ष घात हो। यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा दिएको “कुलमान घिसिङ नभएको भए सरकार बन्दैनथ्यो” भन्ने अभिव्यक्तिले वर्तमान सरकारको निर्भरता र सत्ता कब्जा पुष्टि गरेको पनि वक्तव्यमा उल्लेख छ। वक्तव्यमा भनिएको छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुलमान घिसिङविरुद्ध दर्ता भइसकेका भ्रष्टाचारका मुद्दाहरू र भारतसँग कमिसन लिएर ४३ करोड रुपैयाँको राष्ट्रिय क्षति हुनेगरी गरिएको विद्युत् सम्झौताको तथ्यले पनि उनका पदमा बस्ने कारणलाई स्पष्ट पार्ने गरेको छ। जेन्जी मुभमेन्टले चेतावनी दिँदै कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गर्नुपर्ने र मन्त्री पदको दुरुपयोग गर्दै चुनावी प्रक्रियालाई कब्जा गर्ने प्रयास अस्वीकृत गर्न राज्य संयन्त्रले ढिलाइ गर्नु हुँदैन भन्ने धारणा राखेको छ। यससँगै, मुभमेन्टले भनेको छ कि सुशीला कार्कीले जेन्जी विद्रोह अपहरण गरेर बनाएको सरकारले आफ्नो वैधता गुमाइसकेको छ। जेन्जी मुभमेन्ट नेपालले स्पष्ट पार्दै देशमा कुशासन अन्त्य, सत्ता कब्जाको अन्त्य र नयाँ पुस्ताको बलिदानबाट देशको नयाँ युगको सुरुवात हुने बताएर ऐतिहासिक चेतावनी जारी गरेको छ।
Read More

पशु क्वारेन्टाइन कार्यालय बिराटनगरको त्रैमासिक प्रतिवेदन सार्वजनिक ८३.३७ प्रतिशत काम सम्पन्न |

पशु क्वारेन्टाइन कार्यालय बिराटनगरको त्रैमासिक प्रतिवेदन सार्वजनिक  ८३.३७ प्रतिशत काम सम्पन्न | बिराटनगर , मंसिर  १५— पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आ.व. २०८२÷८३ को पहिलो त्रैमासिकको अवधिमा प्रथम त्रैमासिक अवधिको निर्धारित कार्यहरुको ८३.३७ प्रतिशत काम सम्पन्न भएको सो कार्यहरुको ४७.५५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको कार्यालय प्रमुख डा विदुर प्रसाद गौत्तमले जानकारी दिनुभयो । सीमा क्षेत्रमा अवैध पशुजन्य सामग्री नियन्त्रणमा केन्द्रित गतिविधि प्रभावकारी रुपमा कार्यान्ययन गरिएको उहाँले बताउनुभयो । कार्यालयले विराटनगरको रानी  रानी, भान्टाबारी (सुनसरी) र माडर (सिराहा) नाकाबाट हुने आयात–निर्यातलाई नियमित निगरानी र कडाइका साथ जाँच गरिएको कार्यालयले प्रतिवेदनमार्फत जानकारी दिएको छ । अवैध रूपमा भित्रिने जोखिमयुक्त पशु तथा पशुजन्य…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search