prakriti Media Nepal

प्रकृति मिडिया

प्रकृति मिडिया

771 Posts
रवि किरण हमालले राप्रपाबाट राजीनामा दिए, पार्टीबाट पूर्ण रूपमा अलग्गिए |

रवि किरण हमालले राप्रपाबाट राजीनामा दिए, पार्टीबाट पूर्ण रूपमा अलग्गिए |

रवि किरण हमालले राप्रपाबाट राजीनामा दिए, पार्टीबाट पूर्ण रूपमा अलग्गिए काठमाडौं, ११ वैशाख २०८३– जेनजी आन्दोलनका अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै पार्टीबाट पूर्ण रूपमा अलग्गिएको औपचारिक घोषणा गरेका छन्। लोकतन्त्र दिवसको पावन अवसरमा आज जारी गरेको प्रेस वक्तव्यमा हमालले व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर पछिल्लो एक दशकदेखि सुशासन, सुसंस्कृत राजनीतिक संस्कार र स्थायित्वका लागि निरन्तर प्रयत्न गर्दै आएको उल्लेख गर्दै यो निर्णय लिएको बताएका छन्। उनले जेनजी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदा गोली खान तयार भएको, भाद्र २३ गते पक्राउ परेको र राजनीतिक विचारका आधारमा अवमूल्यन हुनुपरेको स्मरण गरेका छन्। निर्वाचनमा जनस्तरबाट आफ्नो राजनीतिक विचारभन्दा फरक ढङ्गले अघि बढ्न आग्रह भएको पनि उल्लेख छन्। ‘सम्पूर्ण राष्ट्र र मेरो पुस्ताका युवाहरूको भावना, ऊर्जा, सपना तथा परिवर्तनको तीव्र चाहनालाई गहिरो रूपमा हृदयङ्गम गर्दै जनताको सार्वभौम इच्छा र आकांक्षालाई आत्मसात् गरेर नै यो यात्रामा होमिएको थिएँ,’ वक्तव्यमा उल्लेख छ। हमालले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र जेनजी आन्दोलनका क्रममा जनताले गरेको स्पष्ट संकेत, दिशाबोध तथा आकांक्षालाई सम्मान गर्दै यो जिम्मेवार र सचेत कदम चालेको स्पष्ट पारेका छन्। उनले यो निर्णय कुनै निराशा वा असन्तुष्टिको परिणाम नभई जनता र आफ्नो पुस्ताको भावनालाई स्वीकार गर्दै लिएको बताएका छन्। आगामी दिनमा उनी राष्ट्र र जनताको सेवालाई अझ दृढ संकल्प, उत्साह र उच्च ऊर्जाका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। जेनजी आन्दोलनको स्वच्छता, साहस, निष्पक्षता र परिवर्तनकारी स्पिरिटलाई राजनीति तथा राजकाजमा पूर्ण रूपमा व्यवहारिक रूपमा लागू गर्न निरन्तर लड्ने, योगदान दिने र अग्रसर रहने उनको भनाइ छ। मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितको रक्षाका लागि, सुशासन, भ्रष्टाचारमुक्त शासन व्यवस्था र तीव्र आर्थिक उन्नतिमार्फत गुणस्तरीय जीवन सुनिश्चित गर्न आफू सदैव अग्रपंक्तिमा रहने उनले उल्लेख गरेका छन्। रवि किरण हमालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन तथा सम्पूर्ण पार्टीले आफूप्रति देखाएको असीम विश्वास, स्नेह र साथप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। रवि किरण हमाल जेनजी आन्दोलनबाट उदाएका युवा नेता हुन्। उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए।
Read More
राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेन्टको अनुरोध |

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेन्टको अनुरोध |

राष्ट्रपतिलाई अध्यादेश अस्वीकृत गर्न जेनजी मुभमेन्टको अनुरोध काठमाडौं, २०८२ वैशाख १५— जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति भवन शीतल निवासलाई सम्बोधन गर्दै लेखेको पत्रमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले दिएको जनादेशलाई सम्मान गर्दै अध्यादेशमार्फत शासन चलाउने प्रयास लोकतान्त्रिक प्रक्रियाविपरीत भएको बताएका छन्। पत्रमा भनिएको छ, “अध्यादेश आपतकालीन उपाय हो, नियमित शासनको विकल्प होइन। संसद सक्रिय रहँदा कार्यपालिकाले विधायिकालाई बाइपास गर्नु शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हो।” मुभमेन्टले संवैधानिक परिषद्को प्रयोगबाट न्यायपालिकालाई प्रभावित पार्ने सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरी पुनर्विचारका लागि फर्काइदिनुपर्ने बताएको छ। यसले संस्थागत…
Read More
कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू, विद्यमान समस्या, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत रूपमा छलफल गरिएको थियो। साथै बीमा दाबी प्रक्रियामा देखिएका जटिलता र तिनका समाधानका उपायबारे सरोकारवालाहरूबीच विचार आदान–प्रदान भएको थियो। कार्यक्रम सञ्चालन सहायक निर्देशक सचिन राईले गर्नुभएको थियो। छलफलका क्रममा नेपाल बीमा प्राधिकरण, प्रदेश सरकार, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय तथा बीमा कम्पनीहरूबीच समन्वय थप सुदृढ गर्नुपर्ने…
Read More
बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

मोरङ — ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको महत्व, प्रकार, चुनौती, व्यवहारिक प्रयोग, नेपाली बीमा बजारको अवस्था तथा वित्तीय साक्षरताको आवश्यकता जस्ता विषयमा विस्तृत छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण कोशी प्रदेशकार्यालयका सहायक प्रथम मिलन पोख्रेल ले गरेका थिए । कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रीति देवले बीमाका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी दिँदै प्राधिकरणको भूमिका, कर्तव्य र अधिकारबारे विद्यार्थी तथा शिक्षकलाई सुसूचित गराउने उद्देश्य रहेको…
Read More
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ  महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौँमा चुनावी चहलपहल तीव्र बनेको छ। फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका छन्। संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन । यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन शनिबार जापानबाट काठमाडौँ आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताहरूले स्वागत गरेका थिए। शेरचनका साथै अन्य देशका कैयौँ प्रतिनिधिहरू पनि महाधिवेशनमा भाग लिन नेपाल आइसकेका छन्। विशेषगरी एनआरएनएको डेलिगेट्स चयन लगायतका प्राविधिक र कानुनी…
Read More
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन् । मार्च १४ देखि १६ सम्म काठमाडौँमा तय भएको महाधिवेशनको संघारमा एक विशेष अपिल जारी गर्दै शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत विवादका कारण निर्वाचन प्रक्रिया रोक्न निर्वाचन समितिलाई आग्रह गरेका हुन्। शेरचनले विशेष गरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला असहज घटनाक्रमलाई मुख्य कारणका रूपमा अघि सारेका छन् । संकटको यस घडीमा हजारौँ नेपालीहरूले आशा र भरोसाका साथ एनआरएनएतर्फ हेरिरहेको उल्लेख…
Read More
जेनजी आन्दोलनको म्यान्डेटमाथि कुठाराघातको आरोप, काठमाडौँ–१ बाट जुत्ता चिन्हसहित अर्जुन शाही चुनावी मैदानमा |

जेनजी आन्दोलनको म्यान्डेटमाथि कुठाराघातको आरोप, काठमाडौँ–१ बाट जुत्ता चिन्हसहित अर्जुन शाही चुनावी मैदानमा |

जेनजी आन्दोलनको म्यान्डेटमाथि कुठाराघातको आरोप, काठमाडौँ–१ बाट जुत्ता चिन्हसहित अर्जुन शाही चुनावी मैदानमा जेनजी आन्दोलनको म्यान्डेटमाथि कुठाराघात भएको आरोप काठमाडौँ–१ बाट जुत्ता चुनाव चिन्हसहित चुनावी मैदानमा उत्रिने औपचारिक घोषणा काठमाडौँ। जेनजी आन्दोलनका मुख्य योजनाकार तथा अन्तरिम सरकार गठनका लागि गठित वार्ता समितिका सह–संयोजकले जेनजी क्रान्तिको पवित्र भूमिका रूपमा चिनिने काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट जुत्ता चुनाव चिन्हसहित चुनाव लड्ने औपचारिक घोषणा गर्नुभएको छ। राज्यसत्ताले जेनजी आन्दोलनको म्यान्डेटलाई उदासीनताका साथ बेवास्ता गर्दै सहिदहरूप्रति छल, कपट र धोका गरेको ठहर गर्दै, “सपनालाई मारिन नदिन आफू चुनावी मैदानमा उत्रिन बाध्य भएको” उहाँले स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार, जेनजी आन्दोलनले अन्तिम क्षणसम्म पनि…
Read More
दुर्गा प्रसाईलाई प्रहरीले फेरि

दुर्गा प्रसाईलाई प्रहरीले फेरि

2. निर्वाचन कोड उल्लङ्घन आरोपमा पक्राउ अर्का समाचारअनुसार उनीलाई चाल्नाखेल, दक्षिणकाली (चाल्नाखेल–डक्सिनकाली) बाट पनि निर्वाचन सम्बन्धी नियम (Election Code) उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको उल्लेख गरिएको छ
Read More
बेल बहादुर परियार : संघर्ष, साधना र लोक संगीतप्रतिको अटुट समर्पण

बेल बहादुर परियार : संघर्ष, साधना र लोक संगीतप्रतिको अटुट समर्पण

बर्दिबास, माघ २० । लोक तथा दोहोरी संगीतको क्षेत्रमा बेल बहादुर परियार कुनै एक गीत वा एक सफलतामा सीमित नाम होइन । उनी तीन दशकभन्दा बढी समयदेखि लोकधुन, जनभावना र सामाजिक चेतनालाई गीतमार्फत प्रस्तुत गर्दै आएका एक प्रतिबद्ध सर्जक हुन् । पछिल्लो समय सार्वजनिक भएको दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ ले उनको निरन्तर सांगीतिक यात्रालाई फेरि एकपटक उजागर गरेको छ । परियारले २०५१ सालमा रेडियो नेपालबाट पहिलोपटक ‘जाग नेपाली वीर नेपाली’ गीत गाएसँगै औपचारिक रूपमा गायन यात्राको सुरुवात गरेका थिए । त्यसयता उनले लोक, जनवादी तथा सांस्कृतिक चेतनासँग जोडिएका थुप्रै गीतमार्फत आफ्नो पहिचान बनाउँदै आएका छन् । ‘सिन्धुलीका सुसेलीहरू’,…
Read More
पहिले संविधान संशोधन अनी मात्रै संसद पुनःस्थापनाका लागि सर्वदलीय राष्ट्रिय वार्ता सुरु गर्ने जेन–जि आन्दोलनको औपचारिक घोषणा

पहिले संविधान संशोधन अनी मात्रै संसद पुनःस्थापनाका लागि सर्वदलीय राष्ट्रिय वार्ता सुरु गर्ने जेन–जि आन्दोलनको औपचारिक घोषणा

संविधान संशोधन र संसद पुनःस्थापनाका लागि सर्वदलीय राष्ट्रिय वार्ता सुरु गर्ने जेन–जि आन्दोलनको औपचारिक घोषणा काठमाडौं। जेन–जि रिभोलुसन नेपालले संविधान संशोधन, संसद पुनःस्थापना तथा जेन–जि म्यान्डेटअनुसार जिम्मेवार सरकार गठनका लागि सर्वदलीय, सर्वपक्षीय राष्ट्रिय वार्ता प्रक्रिया सुरु गर्ने औपचारिक निर्णय सार्वजनिक गरेको छ। शान्तिपूर्ण, लोकतान्त्रिक र जिम्मेवार आन्दोलनमार्फत जनसमर्थन प्राप्त गरेको जेन–जि आन्दोलनले मुलुक गहिरो राजनीतिक अन्योलमा फसेको निष्कर्षसहित संविधानको मर्मअनुसार आवश्यक संवैधानिक सुधार, समावेशी र उत्तरदायी सरकार गठन तथा संसद पुनःस्थापनालाई राष्ट्रिय सहमतिमार्फत अघि बढाउने उद्देश्य स्पष्ट पारेको छ। यसै सन्दर्भमा जेन–जि आन्दोलनले सबै प्रमुख राजनीतिक दल, नागरिक समाज, संवैधानिक निकाय तथा सरोकारवाला पक्षहरूसँग औपचारिक, मर्यादित र निष्कर्षमुखी राष्ट्रिय संवाद…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search