prakriti Media Nepal

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

Advertisement

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्च अदालतले ट्राफिक प्रहरीको लामो समयदेखिको अभ्यासमाथि ब्रेक लगाउँदै ठूलो फैसला सुनाएको छ। अब ट्राफिक नियम उल्लङ्घन गरेकै आधारमा चालकको लाइसेन्स, ब्लुबुक वा सवारीको साँचो नियन्त्रणमा लिनु गैरकानुनी हुने स्पष्ट आदेश दिएको हो।

न्यायाधीश अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो कार्यलाई “अधिकारको दुरुपयोग” ठहर गर्दै अबदेखि यस्तो नगर्न सरकार र प्रहरीलाई निर्देशन दिएको छ।

यो ऐतिहासिक मुद्दा कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटबाट सुरु भएको हो। ट्राफिक लाइट उल्लङ्घनपछि लाइसेन्स २४ घण्टा नियन्त्रणमा लिएको घटनालाई चुनौती दिँदै उनी अदालत पुगेका थिए।

अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९को दफा १६४ व्याख्या गर्दै ट्राफिकलाई जरिवाना गर्ने वा २४ घण्टाभित्र उपस्थित हुन पुर्जी दिने अधिकार मात्र भएको स्पष्ट पारेको छ। कागजात कब्जा गर्ने अधिकार कानुनले नदिएको ठहर गरिएको छ।

साथै, नागरिक एपको सन्दर्भ दिँदै डिजिटल युगमा भौतिक कागजात नियन्त्रणमा लिनु झन् अनुचित भएको अदालतले उल्लेख गरेको छ। ई–चलान प्रणालीबाटै जरिवाना तिर्न सकिने अवस्थामा नागरिकलाई अनावश्यक सास्ती दिनु उचित नहुने निर्णयमा भनिएको छ।

यद्यपि रिट प्राविधिक रूपमा खारेज भए पनि भविष्यमा यस्तो कार्य रोक्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई स्पष्ट निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search