prakriti Media Nepal

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

Advertisement

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा समाजलाई सुरक्षित बनाउनको लागी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाका सशस्त्र प्रहरी निरिक्षक शंकर कोइरालाले जानकारी दिनुभयो ।

लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी र कानुनी व्यवस्थाबारे समेत सचेत गराइएको थियो । कार्यक्रमले समुदायमा बढ्दो लागुऔषध दुव्र्यसनको जोखिम न्यूनीकरण गर्ने उद्देश्य राखेको थियो । सचेतना कार्यक्रममा सशस्त्र प्रहरीका प्रतिनिधिहरूले लागुऔषधको प्रयोगले व्यक्तिको स्वास्थ्य, परिवार तथा समाजमा पार्ने गम्भीर नकारात्मक प्रभावबारे विस्तृत जानकारी गराईएको थियो ।

 

सिमा क्षेत्रका स्थानीयवासीहरूले युवापुस्तामा फैलिँदै गएको लागुऔषध दुव्र्यसनप्रति चिन्ता व्यक्त गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनीहरूले समुदाय–प्रहरी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बी.ओ.पी.) ले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।यस भन्दा अगाडि मिल्स मावी लगायतका अन्य विद्यालयमा सशस्त्र प्र्रहरीले निरन्तर रुपमा सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search