prakriti Media Nepal

सरकारकार दमनका विरुद्ध सबैले न्युज सम्प्रेषण गरिदिनु हुन सम्पुर्ण पत्रकार मित्र ज्युहरुलाइ हार्दिक अनुरोध गर्दछु ।

Advertisement
प्रेस विज्ञप्ति
मिति: २०८२-०१-०७
स्थान: काठमाडौं
जेनजी जन–आन्दोलनको वास्तविक मर्म—सुशासन, संस्थागत सुधार तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको मूल सिद्धान्तलाई आत्मसात गर्दै, उक्त आन्दोलनमा अभिव्यक्त जनचाहना, त्याग र बलिदानको सम्मान तथा संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जेनजी रिभोलुशन नेपालले पुनः दृढतापूर्वक स्पष्ट पारेको छ।
हालै विभिन्न सञ्चारमाध्यमहरूमा “गृहमन्त्रीज्यूको बिचौलियाहरूसँगको कनेक्सन” शीर्षकमा प्रकाशित समाचारप्रति जेनजी रिभोलुशन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। सार्वजनिक सरोकारसँग प्रत्यक्ष रूपमा जोडिएका यस्ता संवेदनशील विषयहरूमा सत्य, तथ्य र प्रमाणमा आधारित निष्पक्ष, पारदर्शी तथा विश्वसनीय छानबिन हुनु लोकतान्त्रिक शासन प्रणालीको अनिवार्य आधार हो भन्ने हाम्रो ठोस धारणा रहेको छ।
यस सन्दर्भमा, जेनजी रिभोलुशन नेपालका प्रबक्ता राहुल झाले माननीय गृहमन्त्री सुदन गुरुङलाई सम्बोधन गर्दै सम्बन्धित निकायहरूलाई कुनै पनि प्रकारको दबाब, प्रभाव वा हस्तक्षेपविना स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रूपमा अनुसन्धान प्रक्रिया अघि बढाउन आवश्यक वातावरण सुनिश्चित गर्न तथा छानबिन कार्यमा पूर्ण सहयोग पुर्‍याउन आग्रह गर्नुभएको छ।
हामी दृढ विश्वास गर्दछौँ कि विधिको शासन, पारदर्शिता, जवाफदेहिता र निष्पक्षताको प्रत्याभूति मार्फत मात्र जन–आन्दोलनले परिकल्पना गरेको सुशासनको लक्ष्य सार्थक रूपमा हासिल गर्न सकिन्छ। त्यसैले राज्यका सम्पूर्ण निकायहरूलाई उच्च जिम्मेवारीबोधका साथ संवेदनशील, उत्तरदायी र व्यावसायिक ढंगले आफ्नो कर्तव्य निर्वाह गर्न हामी आग्रह गर्दछौँ।
जेनजी रिभोलुशन नेपाल सधैं सत्य, न्याय र सुशासनको पक्षमा अडिग रहँदै आवश्यक परेको अवस्थामा सम्बन्धित निकायहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको पुनः स्पष्ट गर्दछ। साथै, जेनजी जन–आन्दोलनका मूल्य, मान्यता र उपलब्धिहरूको संरक्षण तथा प्रवर्द्धनका लागि सम्पूर्ण सरोकारवालाहरूलाई एकताबद्ध भई अघि बढ्न हार्दिक आह्वान गर्दछ।
      जेनजी रिभोलुशन नेपाल
       प्रबक्ता : राहुल कुमार झा
भ्रष्ट र असफल सरकार अपदस्त गरी जेन–जी नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्छः अर्जुन शाही
जेन–जीका प्रतिबद्धता पूरा नगरेको आरोप, जवाफदेही खोज्दा झुट्टा मुद्दा लगाएर मुख बन्द गर्न खोजिएको दाबी
काठमाडौं —
अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक तथा जेन–जी क्रान्तिका प्रमुख अगुवा अर्जुन शाहीले भ्रष्ट र असफल सरकारलाई अपदस्त गर्दै जेन–जीको नेतृत्वमा नयाँ सरकार गठन अपरिहार्य भएको स्पष्ट पारेका छन्।
शाहीका अनुसार वर्तमान सरकारले जेन–जी आन्दोलनसँग गरिएका प्रतिबद्धता र बाचाहरू पूरा गर्न नसकेको मात्र होइन, सरकारलाई जवाफदेही बनाउन खोज्दा राज्यसत्ताको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा लगाएर आवाज दबाउने प्रयास गरिरहेको छ।
उनले भने,
“जेन–जीले देशमा सुशासन, पारदर्शिता र युवाको नेतृत्व स्थापित गर्ने स्पष्ट एजेन्डासहित आन्दोलन गरेको हो। तर प्रतिगामी सोच बोकेको सरकारले ती बाचाहरू पूरा गर्नु त परै जाओस्, सरकारलाई प्रश्न गर्दा मुखै बन्द गर्ने शैली अपनाएको छ।”
झुट्टा मुद्दामार्फत दमनको आरोप
शाहीले आफूविरुद्ध लगाइएका मुद्दाहरू राजनीतिक रूपमा प्रेरित, बनावटी र तथ्यहीन रहेको दाबी गर्दै यस्ता कदमले लोकतन्त्र र विधिको शासनलाई कमजोर बनाउने चेतावनी दिए।
उनका अनुसार आलोचना र असहमतिको सम्मान गर्न नसक्ने सरकार जनताको विश्वास गुमाइसकेको छ।
जेन–जी नेतृत्व नै निकास
राजनीतिक संक्रमणको यो संवेदनशील चरणमा देशलाई निकास दिन पुराना, भ्रष्ट र जवाफदेहीविहीन संरचनाबाट होइन, जेन–जीको नेतृत्वमा आधारित वैकल्पिक सरकार आवश्यक रहेको शाहीको धारणा छ।
उनले युवाको नेतृत्व, नागरिक सहभागिता र संस्थागत सुधारलाई केन्द्रमा राखेर अन्तरिम सरकार गठन गरिनुपर्ने बताए।
लोकतान्त्रिक मूल्यको रक्षा आवश्यक
शाहीले दमन, डर र झुट्टा मुद्दाबाट कुनै पनि आन्दोलन रोकिने अवस्था नरहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र संविधानको रक्षा गर्न जेन–जी आन्दोलन अझ सशक्त रूपमा अघि बढ्ने चेतावनी दिएका छन्।
उनको भनाइमा,
“यो लडाइँ कुनै व्यक्तिको होइन, यो देशको भविष्य, युवाको अधिकार र लोकतान्त्रिक शासन प्रणालीको रक्षा गर्ने लडाइँ हो।”
On Fri, 2 Jan 2026, 18:57 sajha Sarokar, <sajhasarokar.com@gmail.com> wrote:
विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, विराटनगरमा २४९ जनाको लाइन काटियो

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयसम्म विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म विद्युत महसुल नतिर्ने २४९ जना उपभोक्ताको लाइन काटिएको प्राधिकरणले जनाएको छ।

विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार उक्त अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल रकम ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ रहेको छ। बक्यौता रकम असुलीलाई प्राथमिकतामा राख्दै प्राधिकरणले नियमित अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो।

प्राधिकरणका अनुसार बक्यौता रकममध्ये मंसिर मसान्तसम्म उपभोक्ताबाट १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दी प्रणालीमार्फत असुल गरिएको छ। बाँकी रकम उठाउनका लागि महसुल नबुझाउने उपभोक्ताको पहिचान गर्दै लाइन काट्ने प्रक्रिया निरन्तर जारी राखिएको प्राधिकरणले जनाएको छ।

वितरण केन्द्र प्रमुख शाहले समयमै विद्युत महसुल बुझाउन उपभोक्तालाई पटक–पटक अनुरोध गरिएको भए पनि अटेर गर्ने ग्राहकविरुद्ध कडा कदम चाल्न बाध्य भएको बताउनुभयो। उहाँले नियमित रूपमा महसुल बुझाएमा लाइन काट्नुपर्ने अवस्था नआउने भन्दै सबै उपभोक्तालाई जिम्मेवार बन्न आग्रह गर्नुभयो।

नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा सहज र नियमित राख्न उपभोक्ताको समयमै महसुल भुक्तानी अत्यावश्यक हुने उल्लेख गर्दै बाँकी बक्यौता भएका ग्राहकलाई तत्काल महसुल बुझाउन आग्रह गरेको छ।

जेनजी रिभोलुसन नेपाल
केन्द्रिय  कार्यालय, काठमाडौं
प्रेस विज्ञप्ति
मिति: २०८३/०१/०८
विषय: पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता तथा वैज्ञानिक समायोजनका लागि अन्तिम चेतावनी
नेपाल आयल निगमद्वारा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको नाममा गरिएको पेट्रोलियम पदार्थको अप्रत्याशित तथा अस्वाभाविक मूल्यवृद्धिप्रति जेनजी रिभोलुसन नेपाल घोर आपत्ति प्रकट गर्दछ। जनजीवनसँग प्रत्यक्ष सम्बन्धित यस्ता निर्णयहरूले आम नागरिकको दैनिकीमा गम्भीर असर पारेको छ। यातायात खर्चदेखि दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा भएको व्यापक वृद्धिले विशेषगरी विद्यार्थी, मजदुर, निम्न तथा मध्यमवर्गीय परिवारहरूलाई प्रताडित बनाएको छ।
जेनजी जन–आन्दोलनले स्थापित गरेको सुशासन, उत्तरदायित्व र जनमुखी नीतिको मूल मर्म विपरीत हुने गरी गरिएको यस्तो निर्णय अस्वीकार्य रहेको हाम्रो स्पष्ट धारणा छ। राज्यले नागरिकको आधारभूत आवश्यकतालाई सहज बनाउनु पर्नेमा उल्टै आर्थिक भार थप्ने कार्य गर्नु गैरजिम्मेवार र जनविरोधी कदम हो।यस सन्दर्भमा संगठनका प्रवक्ता श्री राहुल झाले सरकार र सम्बन्धित निकायलाई स्पष्ट शब्दमा चेतावनी दिँदै भन्नुभएको छ:
“जनताको आधारभूत आवश्यकतामाथि गरिएको यस्तो आर्थिक प्रहार कुनै पनि हालतमा स्वीकार्य छैन। पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गरी वैज्ञानिक, पारदर्शी र न्यायोचित ढङ्गले मूल्य निर्धारण गर्न सरकारलाई हाम्रो कडा माग छ। जनताको पीडालाई बेवास्ता गर्ने प्रवृत्ति जारी रहेमा जेनजी रिभोलुसन नेपाल सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछ।”
अल्टिमेटम तथा आगामी कार्यक्रमहरू:
यस विज्ञप्ति मार्फत जेनजी रिभोलुसन नेपाल नेपालक सरकारलाई ७ (सात) दिनको स्पष्ट समयसीमा (Ultimatum) प्रदान गर्दछ। उक्त अवधिभित्र मूल्यवृद्धि फिर्ता गरी न्यायोचित समायोजन नगरेमा हामी निम्न सशक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुनेछौँ:
देशव्यापी सशक्त विरोध प्रदर्शन तथा राँके जुलुस सरकारी सवारी साधन सञ्चालनमा अवरोध तथा चक्काजाम आवश्यक परे अनिश्चितकालीन देशव्यापी हड्ताल
जनताको आवाजलाई कमजोरी ठान्ने भूल सरकारबाट नहोस्। आन्दोलनबाट उत्पन्न हुने कुनै पनि प्रकारको परिस्थिति तथा परिणामको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र नेपाल आयल निगम स्वयंले वहन गर्नुपर्नेछ।
जेनजी रिभोलुसन नेपाल सम्पूर्ण न्यायप्रेमी युवा, विद्यार्थी, श्रमिक तथा आम नागरिकहरूलाई यस न्यायपूर्ण आन्दोलनमा ऐक्यबद्ध हुन हार्दिक आह्वान गर्दछ।
“मूल्यवृद्धि फिर्ता गर, जनतालाई राहत देऊ!”
राहुल कुमार झा
प्रवक्ता
जेनजी रिभोलुसन नेपाल

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
काठमाडौँ —  लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा रहेको ‘बस्ने भो पिरती दोहोरै’ गीतको अफिसियल भिडियो भरत डीसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको  छ ।

काठमाडौँ —  लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा रहेको ‘बस्ने भो पिरती दोहोरै’ गीतको अफिसियल भिडियो भरत डीसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको  छ ।

दाङ घोराहीको प्रेमकथा बोकेको ‘बस्ने भो पिरती दोहोरै’ सार्वजनिक परम्परा र आधुनिकताको मिश्रण: ‘बस्ने भो पिरती दोहोरै’ भिडियो सार्वज...
विद्यार्थी संगठन खारेज गर्ने निर्णयलाई स्वागत, मध्यपश्चिम विश्वविद्यालयमा राप्रवि विद्यार्थी संगठन विघटन |

विद्यार्थी संगठन खारेज गर्ने निर्णयलाई स्वागत, मध्यपश्चिम विश्वविद्यालयमा राप्रवि विद्यार्थी संगठन विघटन |

विद्यार्थी संगठन खारेज गर्ने निर्णयलाई स्वागत, मध्यपश्चिम विश्वविद्यालयमा राप्रवि विद्यार्थी संगठन विघटन काठमाडौं, चैत्र १५ — प...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search