prakriti Media Nepal

अवैध डिम्ब प्रकरणमा न्याय रोकिएको भन्दै प्रधानमन्त्री र महान्यायाधिवक्तामाथि छानबिनको माग |

Advertisement

अवैध डिम्ब प्रकरणमा न्याय रोकिएको भन्दै प्रधानमन्त्री र महान्यायाधिवक्तामाथि छानबिनको माग |

काठमाडौँ – अवैध डिम्ब प्रकरणमा नाबालिग पीडितका प्रमाण, बयान र CIB को सिफारिस हुँदाहुँदै मुद्दा नै रोकिएको घटनाले न्यायिक स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै जेन्जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको छ। मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्तामाथि “मामिला दाबिएको” आरोप लगाउँदै तत्काल छानबिन र जिम्मेवारी तोक्न माग गरेको छ।

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा CIB ले चिकित्सक र सञ्चालकलाई कानुन उल्लंघन गरेको भन्दै मुद्दा चलाउन सिफारिस गरिसकेको अवस्थामा “मामिला रोकिएको” निर्णय शक्तिको दुरुपयोग तथा स्पष्ट भ्रष्टाचार भएको उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ताको मिलेमतोमा मामिला दाबिएको देखिनु न्याय प्रणालीमाथिको प्रत्यक्ष हस्तक्षेप हो।”

मुभमेन्टले यसलाई नाबालिगमाथिको अपराधको संस्थागत ढाकछोप को रूपमा लिएको छ।

वक्तव्यमा जेन्जी विद्रोहपछि “राज्य विहीनताको फाइदा उठाउँदै सत्ता कु गरेर बनेको सरकार एकपछि अर्को भ्रष्टाचार र कमिसन प्रकरणमा फसिरहेको” आरोप पनि लगाइएको छ। शाहले नाबालिगमाथि भएको अपराध लुकाउने तथा शक्तिको दुरुपयोग गर्ने जो–कसै विरुद्ध आन्दोलन निरन्तर रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search