नमस्कार सम्पूर्णमा आज हामीले एउटा यस्तो व्यक्तिलाई हामीवास ल्याएका छौं य इ हुन् ध्रुवप्रसाद हुमागाई उनीले आफ्नो जीवन एकदमै राम्रो हौसला उमङ्गका साथ बिताइरहेका थिए। अचानक २०२० मा उहाँलाई अलिकति शरीरमा समस्या आयो र उहाँ अस्पतालसम्म पुग्नुभयो ओम अस्पतालमा पुगिसकेपछि उहाँलाई पत्ता लाग्यो क्यान्सर भएको रहेछ। फोक्सोमा क्यान्सर देखिसकेपछि उहाँ भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा पुग्नुभयो। त्यहाँको उपचारले चित्त नबुझेपछि उहाँ दिल्ली राजिव गान्धी अस्पतालसम्म पुग्नुभयो। उपचार चल्दै गयो र त्यस अवधिमा भोगाइहरू सुनाउँदै भन्छन् धुर्व हुमागाई त्यतिबेला मेरो साथमा मेरो सालो र मेरो श्रीमती बाहेक कोही भएन आफ्ना आफन्त तर्किँदै गए डाक्टरले मलाई छ महिनाभन्दा बाँच्दैनस् फोर स्टेपको क्यान्सर हो। तेरो भनिसकेपछि श्रीमती र म एक ठाउँमा बसेर रुनसम्म रोयौँ। आखिर घरमा त आउने थियो घरमा आएर छोराछोरीलाई सुनायो छोराछोरीबाट पनि राम्रो सल्लाह सुझाव पाइसकेपछि पुनः दिल्लीमै गएर उपचार गर्ने कुरा भयो। डाक्टरले उपचार त गर्नुस् तर तपाईं छ महिनाभन्दा बाँच्नुहुन्न तर भित्रभित्र आफूलाई सन्चो बनाउँछु भन्ने आँट र हौसला पनि थियो। आत्मबल बलियो भएकै कारण आज उहाँ फोरेस्टिकको क्यान्सरलाई जितेर छ वर्ष भयो आफ्नो कर्मतिर लागिरहनुभएको छ त्यसबीचमा उहाँलाई साइकल यात्री बन्न मनपर्यो। साइकल यात्री बनेर नेपालदेखि दिल्लीसम्म र नेपालका अधिकांश ठाउँहरूमा नेपालदेखि भुटानसम्म जानको लागि उहाँले सहज जुटाएर साइकल यात्रा गर्दै हुनुहुन्छ उहाँको सन्देश के छ भने तमाम क्यान्सरका बिरामीहरूलाई आफूलाई क्यान्सर लाग्यो भन्दैमा नआत्तिनुहोस् क्यान्सर रोगको उपचारभन्दा पनि आफ्नो आत्मबलले बाँच्ने रहेछ। भन्ने आज म उदाहरण छु। क्यान्सर कुनै रोग होइन यो एउटा भयावहक डर हो भन्न मन पराउँछु हस् त धन्यवाद क्यान्सर सर्भाइभर धुर्व हुमागाई साइकल यात्री |