Skip to main content

prakriti Media Nepal

सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत |

Advertisement

सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत

विराटनगर  — साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीबीए र बीएचएम कार्यक्रमका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्न आज कलेज परिसरमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हो ।

कार्यक्रमका प्रमुख अतिथि डा.सन्देश दास श्रेष्ठले विद्यार्थीलाई अध्ययनमा अनुशासन, सीप विकास र व्यवहारिक ज्ञानमा जोड दिन आग्रह गर्दै पर्यटन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सास्थम कलेजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै पूर्वाञ्चल क्षेत्रमै होटल व्यवस्थापन अध्ययनमा अग्रणी संस्थाको रूपमा पहिचान बनाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरूले वि वि ए र वि एच एममा यस शैक्षिक सत्रमा भर्ना भएका हरुलाई  सांस्कृतिक नृत्य, कल्चर रयाम्प , गीत तथा मनोरञ्जनात्मक प्रस्तुतीमार्फत नवप्रवेशी लाई स्वागत गरेका थिए।

क्याम्पस प्रमुख विनय केसीका अनुसार शैक्षिक सत्र २०२५ मा विभिन्न तहमा उल्लेख्य संख्यामा विद्यार्थी भर्ना भएका छन्। बीएचएमतर्फ २२औँ ब्याचमा १४४, बीबीएतर्फ १७औँ ब्याचमा ९६ तथा एमबीएतर्फ तेस्रो ब्याचमा ३३ जना विद्यार्थी अध्ययनरत छन्। यसै वर्षदेखि कलेजले एमएचएचएम कार्यक्रम पनि सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा सास्थम कलेजका प्रवन्ध निर्देशक रोशन बहादुर थापा, क्याम्पस प्रमुख विनय केसी, प्रशासन प्रमुख राजेश गुरुङ, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, बीबीए कार्यक्रम निर्देशक केशव भण्डारी, प्लस टु को–अर्डिनेटर सुशिल खनाल, क्याम्पस व्यवस्थापक महेश्वर सिंहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत!

सर्वोच्चको ऐतिहासिक फैसला : ट्राफिकले लाइसेन्स–ब्लुबुक कब्जा गर्न पाउँदैन — नागरिक अधिकारको ठूलो जीत! सर्वोच्च अदालतले ट्राफिक ...
BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो |

BREAKING NEWS: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो | काठमाडौं | नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमक...
जेनतेनले जित्यो सगरमाथा अवार्ड |

जेनतेनले जित्यो सगरमाथा अवार्ड |

काठमाण्डौं । आनन्द कार्कीको स्वरमा रहेको गीत जेनतेन चलिराछ उनको मेरो माया बोलको गीतले सगरमाथा अवार्ड जितेको छ । गीतले उत्कृष्ट नव...
दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न |

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा  आज  लागुऔषध निय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search