prakriti Media Nepal

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल |

Advertisement

काठमाडौँ –  जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।

जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि गरेको त्याग, साहस र बलिदानलाई नेपालको राजनीतिक इतिहासको गर्विलो अध्यायका रूपमा उल्लेख गरिएको छ। विद्रोहका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र सहिद परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

वक्तव्यमा जेन्जी विद्रोह कुनै क्षणिक असन्तोष नभई राज्य संरचनाभित्र गहिरोसँग जरा गाडेर बसेको असमानता, कुशासन, राजनीतिक अस्थिरता र लुटतन्त्रविरुद्धको ऐतिहासिक जनसंघर्ष भएको उल्लेख गरिएको छ। विद्रोहका क्रममा उठाइएका प्रमुख मागहरू :प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, सार्वजनिक संस्थाहरूको आमूल पुनर्संरचना तथा विगत तीन दशकदेखि देश लुट्नेहरूलाई कानुनी कठघरामा उभ्याउँदै लुटिएको राष्ट्रिय सम्पत्ति राष्ट्रियकरण— संविधानमा संस्थागत नगरेसम्म देश सही दिशामा अघि बढ्न नसक्ने निष्कर्ष निकालिएको छ।

वक्तव्यमा सुशीला कार्कीको गिरोहले जनजीविद्रोहलाई अपहरण गर्दै जनताको बलिदानमाथि टेक्दै सत्ता कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाइएको छ। यस कार्यले विद्रोहको मूल भावना र जनआकांक्षामाथि गम्भीर धोका दिएको दाबी गरिएको छ।

त्यस्तै, फागुन २१ मा प्रस्तावित निर्वाचन वा संसद पुनर्स्थापनाले राष्ट्रले बेहोरिरहेको राजनीतिक तथा संवैधानिक संकट समाधान नहुने उल्लेख गर्दै त्यस दिशामा नजान चेतावनीसमेत दिइएको छ। वक्तव्यमा सर्वपक्षीय सरकार निर्माण गर्दै संविधान पुनर्लेखन गर्नु आजको अपरिहार्य आवश्यकता भएको भनिएको छ।

अन्त्यमा, जेन्जी मुभमेन्ट नेपालले सम्पूर्ण देशवासीलाई निराश नभई आशावादी बन्न, विभाजन होइन एकताबद्ध हुन र जेन्जी जनजीविद्रोहका मुद्दाहरू संविधानमा संस्थागत नहुन्जेलसम्म संघर्षमा साथ दिन अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिय...
बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

मोरङ — ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीम...
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ  महाधिवेशनको मिति नजिकिएसँगै संघीय र...
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष ए...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search