prakriti Media Nepal

Home

Advertisement

श्रीलंकामा कटहरले धानिरहेको छ धेरैको प्राण

Advertisement

महँगी तथा आर्थिक संकटसँग जुधिरेको श्रीलंकाका मानिसहरुका लागि कटहरको फल अहिले निकै ठूलो सहारा सावित भैरहेको छ ।

दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका तीन बच्चाका पिता करुप्पइया कुमारका अनुसार कटहरले उनीजस्ता लाखौं मानिसहरुलाई भोकमरीले मर्नबाट जोगाइरहेको छ । उनी भन्छन्, ‘कटहरले हामीजस्ता लाखौं मानिसहरुलाई जिवितै राखेको छ । यसले हामीलाई भोकमरीबाट बँचाएको छ ।’

कुनै समय कामै नलाग्ने सम्झिएको र कसैले भाउ नै नदिने यो फल अहिले त्यहाँका मानिसहरुको प्राण धान्नका लागि ठूलो सहारा बनिरहेको छ । बजारमा अहिले एक केजी कटहर स्थानीय मुद्रामा २० रुपैयाँ पर्दछ । ४० वर्षीय करुप्पइया भन्छन्, ‘यो आर्थिक संकटभन्दा पहिले जसले पनि भात वा रोटी किनेर खान सक्ने हैसियतमा थिए । तर अहिले खाद्य पदार्थ महँगो भएका कारण धेरै मानिसहरु दिनहुँ कटहर नै खाएर गुजारिरहेका छन् ।’

आम्दानीको ७० प्रतिशत खानेकुरामा खर्च

श्रीलंकामा अहिले करिब आधा मानिसहरू खानेकुराको अभावसँग जुधिरहेका छन् र उनीहरुको आम्दानीको ७० प्रतिशतभन्दा धेरै रकम खानेकुरामै खर्च भैरहेको छ ।

तीन सन्तानकी आमा नदिका परेरा भन्छिन्, ‘यसअघि हामीले दिनमा तीन पटक खाने गरेकोमा अहिले घटाएर २ पटकमा झारेका छौं । अघिल्लो वर्षसम्म १२ केजीको खाना पकाउने ग्यासको सिलिण्डरको भाउ पाँच डलर थियो ।’

तर सिलिन्डरको भाउ दोब्बर भएपछि अहिले उनले दाउराको आगो बालेर खाना पकाउँछिन् ।

सन् २०२२ मा इतिहासकै सबैभन्दा चरम वित्तीय संकट बेहोरेसँगै श्रीलंकामा मानिसहरुको आम्दानी घटेको छ र खाद्य पदार्थको मूल्यवृद्धि उच्च भएको छ ।

केही महिनादेखि लगातार भैरहेको विद्युत कटौती तथा इन्धनको अभावबाट आजित भएका मानिसहरुले गत वर्षको जुलाइमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेको सरकारी निवास नै कब्जा गरेका थिए र राष्ट्रपति भाग्नुपरेको थियो ।

तर त्यसपछि त्यहाँको सरकार अन्तर्राष्ट्रिय मुद्रा कोषसँग आर्थिक संकट टार्नका लागि आर्थिक सहायता अर्थात् बेलआउट प्राप्त गर्न सफल भयो । त्यसपछि पनि श्रीलंकामा गरिबीको दर दोब्बर बनिसकेको छ ।

आफ्ना पति तथा बच्चाहरुसँगै नदिका राजधानी कोलम्बोमा दुईवटा बेडरुम भएको घरमा बस्दछिन् । उनी क्यारेमबोर्डको राष्ट्रिय प्रतियोगिताकी पूर्व उपच्याम्पियन पनि हुन् । तर अहिले उनी चरम आर्थिक अभावबाट गुज्रिरहेकी छिन् ।

क्यारेम एसियामा लोकप्रिय खेल हो । तर विद्यमान अवस्थामा रेफ्रीको पेसा ठप्प छ । त्यसैले कमाइ पनि बन्द भएको छ । परिवार पाल्ने आम्दानीका लागि उनका पतिले भाडाको ट्याक्सी चलाउने गरेका छन् ।

उनी भन्छिन्, ‘मूल्य ६ गुणा बढेका कारण हामीले मासु र अण्डा किन्न छाडिसक्यौं । बसभाडा महँगिएका कारण पैसा तिर्न नसकेर बच्चाहरुलाई पनि नियमित स्कुल पठाउन सकिएको छैन ।’

कुनै दिन विजुली र ग्याँस सस्तो होस् भनेर उनी प्रार्थना गर्ने गरेकी छिन् ।

यद्यपि श्रीलंकामा पछिल्लो समयमा महँगीको दर निकै कम भएकेा छ । फेब्रुअरीमा मुद्रास्फीति ५४ प्रतिशत रहेकोमा जुन महिनामा घटेर १२ प्रतिशत कायम भएको छ । तथापि मूल्यवृद्धिमा लगाम लगाउनका लागि सरकारले संघर्ष गरिरहनु परेको छ ।

ग्रामीण जनताका समस्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search