prakriti Media Nepal

Advertisement

नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

Advertisement

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले आज (सोमबार) प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । ‘यो विधेयक जसरी पनि ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले थप प्रश्न गरे, ‘पहिलो अधिवेशनमा यो विधेयक किन दर्ता गर्नु भएन, किन गर्नुभएन त पहिलो अधिवेशनमा ।’

सरकारले विधेयक ल्याउने कुरामा सरकारले बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसद्मा नल्याएको’ भन्दै प्रश्न राखेका थिए ।

‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता अनुसार अगाडि जाउँ भनिरहेका छौं । सहयोग गर्छौ छलफल गर्छौ, छलफलमा भाग लिन्छौ भन्दा कस्तो सत्तापक्ष ? यो तरिकामा त्यति नजाउ भन्ने मेरो आग्रह छ । यो अहिले कोर्टमा छ यसमा म धेरै जान चाहन्न । के कसो यस्तो उस्तो भनिरहन चाहन्छ । तबसम्माई हाम्रा बिषयहरु यो बिषय स्थगित छ ।’

अध्यक्ष ओलीले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले बुँदासहित फिर्ता पठाएको विधेयकमा कुनै पनि छलफल नगरी त्यत्तिकै राष्ट्रपति कार्यालयमा फिर्ता पठाइएको भन्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै |

गायक दीपक बज्राचार्यले पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’प्रसारण हुदै |

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्य अब भने पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक ’को सं...

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी र उपत्यकाका विभिन्न ट्राभल एजेन्सी मानव तस्कारीमा फेरी सक्रिय |

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी र काठमान्डौं उपत्यकाका विभिन्न ट्राभल एजेन्सी मानव तस्कारीमा फेरी सक्रि...

शुरु भयो एभरेष्ट न्यूज एजेन्सी- समाचारको भरपर्दो सारथी |

 विभिन्न क्षेत्रहरूका समाचारको द्रुत र सही रिपोर्टिङ प्रदान गर्न समर्पित नेपाली समाचार एजेन्सी हो । ENA ले राष्ट्रिय र अन्तर्राष्ट...
लड्केश्वरमा एकै थलोमा पूर्वराजा र राष्ट्रपति : धार्मिक एकताको दुर्लभ दृश्य |

लड्केश्वरमा एकै थलोमा पूर्वराजा र राष्ट्रपति : धार्मिक एकताको दुर्लभ दृश्य |

पनौती, काभ्रे — विश्वकै एकमात्र कालाग्निरुद्र पीठ मानिएको लड्केश्वर धाममा सम्पन्न भएको पहिलो राष्ट्रिय कोटिहोमको सबैभन्दा ऐतिहासिक...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search