२४ माघ २०८२ १४:३४
२४ माघ २०८२ १४:३४
बर्दिबास, माघ २० । लोक तथा दोहोरी संगीतको क्षेत्रमा बेल बहादुर परियार कुनै एक गीत वा एक सफलतामा सीमित नाम होइन । उनी तीन दशकभन्दा बढी समयदेखि लोकधुन, जनभावना र सामाजिक चेतनालाई गीतमार्फत प्रस्तुत गर्दै आएका एक प्रतिबद्ध सर्जक हुन् । पछिल्लो समय सार्वजनिक भएको दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ ले उनको निरन्तर सांगीतिक यात्रालाई फेरि एकपटक उजागर गरेको छ । परियारले २०५१ सालमा रेडियो नेपालबाट पहिलोपटक ‘जाग नेपाली वीर नेपाली’ गीत गाएसँगै औपचारिक रूपमा गायन यात्राको सुरुवात गरेका थिए । त्यसयता उनले लोक, जनवादी तथा सांस्कृतिक चेतनासँग जोडिएका थुप्रै गीतमार्फत आफ्नो पहिचान बनाउँदै आएका छन् । ‘सिन्धुलीका सुसेलीहरू’,…