१७ मंसिर २०८२ १८:३७
१७ मंसिर २०८२ १८:३७
कञ्चनरुप : पत्रकारमाथि “कथित” आरोपको पत्र—वास्तविक दोष लुकाउने नेतृत्वको रणनीति | सप्तरी: कञ्चनरुप नगरपालिकामा पछिल्ला घटनाक्रमले स्थानीय शासनभित्र विकृति, अनियमितता र नेतृत्वगत अस्थिरता कसरी चरममा पुगेको छ भन्ने थप प्रमाण जुटाइरहेका छन्। कर्मचारीहरूको पाँच महिनाको तलब रोकिएको गम्भीर विषय, कार्यालय प्रशासनमा बढ्दो मनोमानी, कानूनको अवहेलनाबाट उत्पन्न समस्या—यी सबै कुरालाई समाधान गर्ने जिम्मेवारी नेतृत्वको हो। तर विपरित, समस्या पत्रकारमाथि थोपर्ने खेल मौलाउँदै गइरहेको छ। पत्रकारलाई ‘कथित’ भन्दै बदनाम गर्ने भाषा प्रयोग गरी जारी गरिएको कर्मचारी विज्ञप्तिले पत्रकारितामाथि मात्र प्रश्न उठाएको छैन, बरु सत्य उजागर गर्ने आवाज बन्द गराउने प्रशासनिक प्रयास को संकेत दिएको छ। छानबिन नहुँदै पत्रकार दोषी ?—कानुनी पद्धति र…