prakriti Media Nepal

Advertisement

पत्रपत्रिका

श्रीलंकामा कटहरले धानिरहेको छ धेरैको प्राण

श्रीलंकामा कटहरले धानिरहेको छ धेरैको प्राण

महँगी तथा आर्थिक संकटसँग जुधिरेको श्रीलंकाका मानिसहरुका लागि कटहरको फल अहिले निकै ठूलो सहारा सावित भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका तीन बच्चाका पिता करुप्पइया कुमारका अनुसार कटहरले उनीजस्ता लाखौं मानिसहरुलाई भोकमरीले मर्नबाट जोगाइरहेको छ । उनी भन्छन्, ‘कटहरले हामीजस्ता लाखौं मानिसहरुलाई जिवितै राखेको छ । यसले हामीलाई भोकमरीबाट बँचाएको छ ।’ कुनै समय कामै नलाग्ने सम्झिएको र कसैले भाउ नै नदिने यो फल अहिले त्यहाँका मानिसहरुको प्राण धान्नका लागि ठूलो सहारा बनिरहेको छ । बजारमा अहिले एक केजी कटहर स्थानीय मुद्रामा २० रुपैयाँ पर्दछ । ४० वर्षीय करुप्पइया भन्छन्, ‘यो आर्थिक संकटभन्दा पहिले जसले पनि भात…
Read More
राष्ट्रसंघले भन्‍यो : सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव छ

राष्ट्रसंघले भन्‍यो : सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव छ

२९ असार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् । ‘एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकी यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,’ एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनएड्स)ले भनेको छ । युएनएड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भने, ‘हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौं, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।’…
Read More
सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
Read More
बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

  बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…
Read More
नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले आज (सोमबार) प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । ‘यो विधेयक जसरी पनि ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले थप प्रश्न गरे, ‘पहिलो अधिवेशनमा यो विधेयक किन दर्ता गर्नु भएन, किन गर्नुभएन त पहिलो अधिवेशनमा ।’ सरकारले विधेयक ल्याउने कुरामा सरकारले बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसद्मा नल्याएको’ भन्दै प्रश्न राखेका थिए । ‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search