prakriti Media Nepal

सुशीला कार्की सरकार अपदस्त गर्ने लक्ष्यसहित संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गते माइतीघरबाट सुरु हुने |

Advertisement

काठमाडौँ  सुशीला कार्की नेतृत्वको सरकार अपदस्त गर्दै सर्वपक्षीय सरकार निर्माण र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेनजी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आन्दोलन आगामी पौष ७ गते माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ।

आन्दोलनको नेतृत्व संरचनाअनुसार मिराज ढुङ्गाना संयोजक तोकिएका छन् भने आन्दोलन कमान्डरको जिम्मेवारी सुनिल सिंह ठकुरीलाई दिइएको छ। यस्तै, विजय शाह, जितेन्द्र प्रताप सिंह, विकेस शाह, अजय सोडारी र प्रकाश रावल सहसंयोजक रहेका छन्। आन्दोलनका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्ता बीरजङ विश्वकर्मा र प्रकाश शर्मालाई दिइएको छ।

आन्दोलनको औपचारिक घोषणा पौष ६ गते काठमाडौँको भोजन गृहमा आयोजित कार्यक्रममार्फत गरिएको थियो। उक्त कार्यक्रममा आन्दोलनका अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक व्यवस्था देशलाई गहिरो संकटतर्फ धकेलिरहेको दाबी गर्दै निर्णायक संघर्षको चरणमा प्रवेश गरिएको घोषणा गरे। उनले मुलुकलाई राजनीतिक, संवैधानिक र नैतिक संकटबाट मुक्त गराउन अब सडकबाट दबाब सिर्जना गर्न आवश्यक भएको उल्लेख गर्दै निर्णायक संघर्षमा साथ दिन सबै देशवासीलाई अपिल गरेका छन्।

आन्दोलन घोषणासँगै वर्तमान सरकार जनआकांक्षाविपरीत दिशामा अघि बढिरहेको, राज्यसंयन्त्र असफल बन्दै गएको र संविधानमा रहेको शासकीय स्वरूपले जनताको वास्तविक भावना तथा आवश्यकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाइएको छ। विद्यमान राजनीतिक संरचना र संविधानकै कारण मुलुक दीर्घकालीन राजनीतिक र संवैधानिक संकटमा फस्दै गएको ठहर आन्दोलनकारीहरूको छ।

संयुक्त जेनजी आन्दोलनले शान्तिपूर्ण तर निर्णायक संघर्षमार्फत राजनीतिक निकास खोज्ने दाबी गर्दै माइतीघरबाट सुरु हुने आन्दोलनलाई चरणबद्ध रूपमा देशव्यापी बनाइने जनाएको छ। विभिन्न क्षेत्र, वर्ग र पृष्ठभूमिका युवाहरू तथा नागरिकहरूको सक्रिय सहभागितासहित आन्दोलनलाई नयाँ राजनीतिक दिशाको आधार बनाइने आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

मुख्य समाचार

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न |

विराटनगर / विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिय...
बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया |

मोरङ — ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीम...
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु |

अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ  महाधिवेशनको मिति नजिकिएसँगै संघीय र...
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग (विशेष अपिलसहित)

असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष ए...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search